बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा पहिरो जाँदा पाँचको मृत्यु, तीन जना बेपत्ता

पर्वतमा पहिरो जाँदा पाँचको मृत्यु, तीन जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७८, शुक्रबार

पर्वत / जिल्लाका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->