बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पानि पँधेरोको आठौ शाखा कुँडहरमा

पानि पँधेरोको आठौ शाखा कुँडहरमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७८, शनिबार

पोखरा –पोखरा कँुडहरमा पानि पँधेरो ट्रेड प्रा.लिले आफ्नो आठौ शाखा बिस्तार गरेको छ । बैदेशिक रोजगारी बाट फर्किएका युवाहरुको संयुक्त लगानीमा सञ्चालन गरिएको उक्त पानि पँधेरो प्रा.लिको शाखालाई वडा अध्यक्ष दर्शन लामाले उद्घाटन गरेका हुन् ।

२०७६ सालमा स्थापना भएको पानीपँधेरोले हालसम्म ७ वटा शाखा बिस्तार गरिसकेको छ । पोखराको बगर देखि सुरु गरिएको उक्त कम्पनिले बिरौटा हरिचोक, काहुँखोला, नागढुँगा, लेखनाथको अर्घाैचोक देखि तनहँु भिमाद हुँदै हाल कुँडहरमा आठौ शाखा सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष कुलदीप भट्टराइले बताए ।

अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु जस्तै कस्मेटिक आईटमहरु, गिफ्ट् तथा बच्चाका खेलौनाहरु, सजावटका सामानहरु, पेय पदार्थहरु ग्राहकले एउटै छानामुनी प्राप्त गर्ने गरि कुँडहर शाखा सञ्चालन गरेको भट्टराइले जानकारी दिए ।

प्रा.लिले दशै तिहारका लागि विभिन्न अफरका योजना ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->