बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत पहिरो : वेपत्ता ७४ वर्षिया वृद्धाको शव फेला

पर्वत पहिरो : वेपत्ता ७४ वर्षिया वृद्धाको शव फेला


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०७८, आइतबार

पोखरा, २० भदौ–पर्वतमा विहीबार राती गएको पहिरोमा परी वेपत्ता ७४ वर्षिया वृद्धा कौशिला पाध्या शव फेला परेको छ । यो संगै पर्वतको विभिन्न स्थानमा पहिरोले घर पुरिदाँ मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा ५ जनाको मृत्यु भएको हो ।

उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको भएको हो ।

कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको हो ।

मायाकुमारीकी सासू ७४ वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी थिइन् । उनको पनि शव फेला परिसकेको छ ।

साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->