बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिवाइसीले थाल्यो लघुउद्यम कार्यक्रम

सिवाइसीले थाल्यो लघुउद्यम कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७८, सोमबार

बागलुङ – बागलुङको सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको सुरुआत गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो ।

सहकारीले लघुउद्यम कार्यक्रममार्फत जागरण, प्रवद्र्धन, विकास र सञ्जालीकरण गरी महिलाहरुको आयआर्जन वृद्धि गर्नुका साथै सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्ने लक्ष्य राखेको सिवाईसी साकोसका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताए ।

चालु आर्थिक वर्षमा लघुउद्यम कार्यक्रममा ३ हजार महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा ११ वटा सेवा केन्द्रमार्फत १२० वटा लघुउद्यम केन्द्रमा ३६ करोड पुँजी परिचालन गरिने सिवाईसी साकोसका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताए ।

यसैबीच संस्थाको १२ औँै वार्षिक साधारणसभाको मिति तय गरीसंस्थाको आव ०७७÷७८ को प्रगति तथा प्रस्तावित नीति तथा कार्यक्रमहरुसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । कोभिड महामारीलाई मध्यनजरमा राखी सहकारी विभागको निर्देशन बमोजिम असोज ३ गते संस्थाको सेवा केन्द्र रहेका २३ स्थानमा विस्तारित मञ्चको आयोजना गर्नका लागि प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाको केन्द्रीय वार्षिक साधारण असोज ९ गते गर्ने तय भएको छ ।
संस्थाले विकेन्द्रित रुपमा २३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालय मार्फत हालसम्म १८ हजार ८ सय ८८ सदस्यहरुमार्फत २ अर्व ८ करोड १८ लाख भन्दा बढी सम्पत्ति पु¥याएर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिररहेको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->