पर्वत / पर्वतमा १४ वर्षे बालिकालाई जबरजस्ती गरेको अभियोगमा बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
पर्वतको एक गाउँपालिकामा छोरीको बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुबा र अंकल विरुद्ध बालिकाका दाजुले साउन २७ गते करणी कसुरमा मुद्धा दर्ता गराएका थिए ।
प्रहरीले पक्राउ गर्दै जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान थालेको थियो ।
आइतबार भएको जिल्ला अदालतको थुनछेक आदेशले जबरजस्ती गर्ने दुवैलाई पूर्वक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।





