पोखरा/ सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले दशैंतिहार लक्षित विशेष अफर ल्याएको छ । ‘दशैं आयो उमंग छायो क्यासब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको हो ।
यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कूटर को खरिदमा १० हजार क्यासब्याक पाउनुका साथै हरेक २ हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रडर बाइक पाउने कुरा पक्का रहेको छ । साथै एक वर्षको कर, फाइनान्स र एक्सचेन्ज को सुविधा सहित रहेको कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत ग्राहकले बिना कुनै झन्झट हरेक खरिदमा १० हजार स्योर एन्ड सट क्यासब्याक प्रत्येक २ हप्तामा फेस बुक लाइभबाट बम्पर पुरस्कार पाउने कम्पनीले जनाएको छ । इन्ट्रडर बाइक क्रुजिङको लागि अति नै उपयुक्त र चलाउन सजिलो रहेको कम्पनीको भनाइ छ ।
विश्व प्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो रहेको र बिएसिक्स भेरियन्ट उत्पादन पनि गर्दै आइहेको कम्पनीका जनरल म्यानेजर धिरज भट्टराई बताउँछन् ।





