बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गोल्डेनगेट सुपर मार्केट संचालनमा

गोल्डेनगेट सुपर मार्केट संचालनमा


  • Dhorpatan News
  • भाद्र २३ २०७८, बुधबार

बागलुङ – बागलुङका तीन युवा मिलेर सुपर मार्केट संचालनमा ल्याएका छन् । बिद्यार्थी राजनीति, शैक्षिक उद्यम हुँदै उनीहरले सुपरमार्केटमा लगानी गरेका हुन् ।

बागलुङ बजारमै भाषा कक्षा तथा शैक्षिक गतिविधि संचालन गर्दै आएका गोल्डेन गेट सेन्टरका प्रमुख नेत्रबहादुर बिष्ट सहित इन्द्र थापा र राजेन्द्र पुनले ३ करोड खर्चेर सुपरमार्केट संचालनमा ल्याएका हुन् ।

२०६५ सालमा गोल्डेन गेट ट्युसन सेन्टर स्थापना गरेका युवाले स्टेशनरी, कम्प्युटर तालिम केन्द्र, साइवर, स्पोर्ट सेन्टर, रेष्टुरेन्ट र छात्रावास समेत संचालन गर्दै आएका थिए । कोरियन भाषा कक्षाबाट बढी चर्चित भएका ती युवाले दुइ बर्षदेखिको प्रयासपछि मंगलवारदेखि सुपरमार्केक संचालनमा ल्याएको बताए ।

‘सबै प्रकारका गुणस्तरीय सामान एउटै छाना मुनिबाट पाउन सकियोस भनेर यो काम थालेका हौं’ बिष्टले भने, ‘युवाहरु आर्थिक रुपमा सबल बनेर राजनीति र सामाजिक क्षेत्रमा पनि योगदान गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ ।’ अन्य युवालाईपनि उद्यम मार्फत आत्मनिर्भर बन्न उनले सुझाव दिए ।

सुपर मार्केक स्थापना गरेपछि शैक्षिक क्षेत्रका गतिविधि नियमित संचालनमा आउने उनले बताए । कोरोना संक्रमण र निशेधाज्ञा लगायतका समस्याले स्थगित भएका भाषा कक्षा तथा अन्य शैक्षिक गतिविधिलाई सामान्य अबस्था भएपछि पुन संचालनमा ल्याउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->