बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यामाहाको ‘रेस फर द एस अफर’

यामाहाको ‘रेस फर द एस अफर’


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७८, शनिबार

बागलुङ/यामाहाले दशैं तिहारलाई लक्षित गर्दै विशेष उपहार योजना ‘रेस फर द एस अफर’ सार्वजनिक गरेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजे र धौलागिरीका लागि आधिकारीक बिक्रेता टिएन अटोभेन्चर बागलुले यो योजना कार्यान्वयन गर्ने छ । यो योजना भदौ १६ गतेदेखि यामाहा मोटरसाईकल तथा स्कूटरको खरिदमा लागू गरिएको छ ।

योजनाअन्तर्गत उपभोक्ताले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजारदेखि १ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्छन् भने लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नेछन् । बम्पर पुरस्कार खास रहेको कम्पनीले जनाएको छ । बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।
नेपालभरका सबै यामाहा शोरुमहरुमा संचालित देशव्यापी उपहार योजनाका बारेमा जानकारी दिंदैं एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्रीले भने ‘हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं । यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजनाहामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->