बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा राजभण्डारी

राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा राजभण्डारी


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

बागलुङ/ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेश राजभण्डारी चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनले राजण्डारीको अध्यक्षतामा आगामि कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । मंगलबार भएको अधिबेशनको बन्दसत्रबाट राजभण्डारी सहित उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक, प्रकाश शर्मा चयन सर्वसम्मत चयन भएका छन् ।

महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसी नारायण भारी, कोषाध्यक्षमा मनकाजी बि.क, सह–कोषाध्यक्षमा नर वहादुर के.सी चयन भएका छन् । यस्तै सदस्यहरुमा कमला पुन, नर कुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जंग बहादुर राना, टेक बहादुर राना र हिदायत हुसेन रहेका निर्वाचन समितिले जनाएको छ । महिला उप–समितिको संयोजकमा ललिता थापा र सदस्यहरुमा नरमाया पुन, सम्झाना श्रेष्ठ चयन भएका छन् । जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम बहादुर पाठकलले व्यवसायीको लागि राज्यले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसायी मारमा परेको भन्दै लगानीनै धरापमा रहेका व्यवसायीको लागि सरकारी प्याकेज आवश्यक रहेको उनको धाराणा थियो । ऋणको व्याज छुट, घर बहालमा छुट लगायतका कार्यक्रम सरकारले ल्याउनुपर्नेमा उनको जोड थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->