बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिलो पटक ‘बजेट होलिडे’, बुधबारदेखि सरकारी खर्च र राजस्व उठाउन नपाइने

पहिलो पटक ‘बजेट होलिडे’, बुधबारदेखि सरकारी खर्च र राजस्व उठाउन नपाइने


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

काठमाडौं/ नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो ।

यससँगै बुधबारदेखि सरकारी कोषबाट एक रुपैयाँ पनि खर्च गर्ने अधिकार सरकारलाई हुँदैन। त्यस्तै राजस्व उठाउन पनि सरकारले पाउँदैन । अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको समयावधि भदौ ३० गतेसम्म हो । त्यसपछि सो ुमृतु सरह हुन्छ ।

संविधानसभाको धारा ११४ (ग) अनुसार अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभा बसेको ६० दिनभित्रमा पास हुनुपर्छ, यदी पास नभएमा सो अध्यादेश स्वतः निष्क्रिय हुनेछ ।

कानुनविद् ओमप्रकाश अर्यालका अनुसार बुधबारदेखि सो अध्यादेशले दिएको सम्पूर्ण अधिकार खारेज हुनेछ । संविधानमा अध्यादेशमार्फत ल्याएको बजेट खारेज भएपछि कर उठाउन वा ऋण लिन नपाउने, संघीय कोषबाट खर्च गर्न नपाउने व्यवस्था रहेको छ। त्यस्तै अध्यादेश खारेज भएपछि राष्ट्रपति र उपराष्ट्रपति समेतले तलब तथा भत्ता पाउने छैनन् ।

कानुनविद् अर्यालका अनुसार अब सरकारी कोषबाट रकम बुझ्‍ने कर्मचारीदेखि प्रधानमन्त्री र राष्ट्रपतिको समेत तलबभत्ता रोकिने  छ । संविधानको धारा ११८ मा उल्लेख भएअनुसारका पद धारण गरेको सम्पूर्ण पदाधिकारीहरुको तलबभत्ता रोकिने छ भने धारा ११६ मा उल्लेख भएको संघीय सञ्‍चित कोषबाट हुने सम्पूर्ण रकम रोक्का हुनेछ ।

संघीय सरकारको इतिहासमा पहिलो पटक ‘बजेट होलिडे’ भएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । सरकारी खर्च गर्न रोक लागे पनि राजश्व संकलन गर्न अवरोध छैन। आर्थिक विधेयक संसदमा पेश भइसकेकाले सामयिक कर असुली ऐन २०१२ प्रयोग गरेर अध्यादेश अनुसारको कर संकलन हुनेछ। तर विनियोजन विधयेकमा परिर्वतन गरेको कर भने संकलन गर्न नपाइने उनको दाबी छ ।

संवैधानिक निकायको खर्च, आन्तरिक तथा बाह्य ऋण भुक्तानी पनि रोकिँदैन। यी खर्च भने संशोधित बजेट अनुसार नै गर्न पाइने पूर्वअर्थसचिव खनालले बताए। तर ती निकायका कर्मचारीहरुको तलब भने रोकिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->