
पोखरा/उद्योगी/व्यवसायीहरु राजनीतिक रुपले विभाजित हुने रोग लेखनाथ उद्योग वाणिज्य संघमा पनि भित्रिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय निर्विरोध बन्दा बाँकी पदको लागि राजनीतिक ध्रवीकरण देखिएको छ । उम्मेदवारहरु प्रजातान्त्रिक र वामपन्थी खेमामा विभाजन भएर आज हुने निर्वाचनमा सामेल हुने तयारीमा रहेका छन् । केन्द्रमा कांग्रेस र माओवादी केन्द्रको सरकार भएपनि लेखनाथ उद्योग वाणिज्य संघको चुनावमा भने वामपन्थीहरु एक ठाउँ उभिएको स्रोतले बतायो ।
वरिष्ठ उपाध्यक्षमा भरतकुमार अधिकारी र विनोद श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र राजेन्द्र ओझा, द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई र गोपीचन्द्र बास्तोला, महासचिवमा उपेन्द्रराज सुवेदी(राजु) र मेनुका श्रेष्ठ प्रतिस्पर्धामा छन् । उपमहासचिवको उम्मेदवारमा जानुका अधिकारी र धीरजकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा भरतराज ओझा, रामजी पौडेल र भीमबहादुर नेपाली (काँइला) छन् ।
खुला ८ सदस्यतर्फ टीकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, इन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुवबावु भट्टराई, खेमराज बराल, जीवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्णबहादुर अधिकारी, इन्द्रबहादुर थापा, वीरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धिप्रसाद बास्तोला र लक्ष्मीप्रसाद ढुंगाना छन् । महिला ३ सदस्यतर्फ गंगा मल्ल, तुलसी थापा क्षत्री, रञ्जना बराल, शान्तिकुमारी खनाल र बुद्धिकुमारी मगरको उम्मेदवारी रहेको छ ।
नेपालीको उम्मेदवारी फिर्ता
संघको आसन्न १३ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका भीमबहादुर नेपाली काँइलाले उम्मेद्वारी फिर्ता लिएका छन् । चुनावको २ दिन अगाडी उम्मेदवारी फिर्ता लिंदै उनले आफ्ना प्रतिष्पर्धी रामजी पौडेललाई सघाउने वताए पनि निर्वाचन तालिका बमोजिम समयमै फिर्ता नलिएका कारण मतपत्रमा भने उनको नाम र क्रम संख्या भने कायमै रहनेछ ।नेपालीलाई उम्मेदवारी फिर्ता गराउन वामपन्थी धारका केन्द्रीय नेताहरुले नै दवाव दिएको श्रोतले बताएको छ ।
कुल १ हजार ७३६ मतदाता रहेको संघमा विभिन्न १६ पदका लागि ३७ जना उम्मेदवारहरु चुनावी मैदानमा निर्वाचन आयुक्त हेमराज बरालले बताए ।संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल पनि यसअघि नै निविरोध निर्वाचित भइसकेका छन ।
आर्थिक रुपान्तरणको लागि निजी क्षेत्र : अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्र सुधार र निजी क्षेत्रको तर्फबाट मुलुकको सम्मृद्धिमा योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को मार्गचित्र तयार पारिएकोे बताएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले मुलुकको समृद्धिमा अहिलेभन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ले सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
योजना लागू भए १ खर्ब ५० अर्ब डलरभन्दा बढी लगानी अर्थतन्त्रमा भित्रिन्छ,’ महासंघ अध्यक्ष गोल्छाले भने, ‘जसमध्ये करिब १ खर्ब ८ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुनेछ ।’ महासंघले अर्थतन्त्रको सुधारका लागि स्पष्ट अवधारणा हुनुपर्ने मागसहित आर्थिक रूपान्तरण २०३० ल्याएको उनले बताए । आगामी दशकमा अहिले रहेको ३४ अर्बको डलरको अर्थतन्त्रलाई १ खर्ब डलरमा पु¥याउन र दोहोरो आर्थिक वृद्धिदर हासिल गर्न सम्भव भएको अध्यक्ष गोल्छाको भनाइ छ ।
मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको उनले बताए । उनले चाडबाडको समयमा बजार अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु ःखः दिने प्रवृत्ति रहेको भन्दै गलत काम गर्नेहरुलाई भने कानूनी कारवाहीको दायरामा ल्याउन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ र महासंका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले परियोजनामा आधारित कर्जाको सम्भाव्यता अध्ययन गरेर नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई प्रतिवेदन र सुझाव दिएको बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा स्थापित चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्कीलाई सम्मान गरिएको थियो ।
सम्मानित कार्कीले पत्रकारीताको लागि कुनै उमेर हद नहुने बताउदै आफुले अहिलेसम्म पाएको पुरस्कारको रकममा थप गरि अक्षयकोष मार्फत् अर्को पुरस्कार स्थापना गर्ने घोषणा गरे । पुरस्कारको राशी एक लाख एक हजार रहेको छ ।यसैगरी संघका पूर्वकार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्धारा स्थापना गरिएको वातावरण पुरस्कारबाट पोखरा–३१ को नहरचोकस्थित नमूना टोल विकास संस्थालाई सम्मान गरिएको थियो भने संघका पूर्वअध्यक्ष स्वर्गीय नारायण श्रेष्ठद्धारा स्थापना गरिएको अक्षयकोषबाट जनप्रकाशमा अध्यनरत विद्यार्थी देउमाया थापालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
सो अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य बावुराम गिरी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालालगायतले कोभिडको मारमा परेका व्यवसायीहरुको हक हितका सवालमा नितीगत योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,महासचिव गोपिचन्द्र बास्तोलालले पनि बोलेका थिए ।





