बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिवाइसीको साधारणसभा सुरु

सिवाइसीको साधारणसभा सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७८, सोमबार

बागलुङ/ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ ओैं साधारण सभाआइतबारबाट सुरु भएको छ । साविक धौलागिरि अञ्चलमा सबैभन्दा धेरै सेयर सदस्य भएको सहकारीको बागलुङ,म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै पटक विस्तारित मञ्च तथा साधारणसभा सुरु भएको हो ।

सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा असोज ९ गते बागलुङ बजारमा गरिने छ ।विस्तारित मञ्च शुभारम्भको अवसरमा सदस्यहरुलाई सस्थाका सचिव जयराम भारीको प्रगती प्रतिवेदन एवं प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष सितादेवी कँडेल सापकोटाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे
संस्थाले आर्थिक वर्ष २०७८ असार मसान्त सम्म १८ हजार ४ सय ६५ शेयर सदस्य,३२ करोड ५४ लाख ५० हजार शेयर पूँजी तथा कुल सम्पत्ति १ अर्ब ९५ करोड,७४ लाख पु¥याएको विस्तारित मञ्चमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले चालु आर्थिक वर्ष ०७८÷७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु¥याउने लक्ष्य राखेको छ ।

चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र काश्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ ।सहकारीका सदस्यले आफू सदस्य रहेको सेवा केन्द्रमा आगामी ७ गते सम्म उपस्थित भई सुझाव सल्लाह दिने व्यवस्था गरिएको सहकारीका केन्द्रीय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए ।
सो अवसरमा सवै सेवा केन्द्रमा उत्कृष्ट सदस्य, असल उद्यमी , असल बचतकर्ता र असल बालबचतकर्ता लाई सम्मान गरिएको थियो । सो अवसमार ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणकालागि नगद ५ हजारसहित सम्मान गरिएको छ ।

संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारकालागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नवदुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ । एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिस्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिँदै आएको संस्थाले आगामी आर्थिक वर्षमा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने सहकारीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->