बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भिआइपी कोठासहितको होटल पर्व सञ्चालनमा

भिआइपी कोठासहितको होटल पर्व सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

बागलुङ/ विभिन्न व्यवसाय गर्दै आएका यहाँका व्यवसायी हरिबाबु सापकोटाले बागलुङमै भिआइपी राख्ने कोठासहितको होटल सञ्चालनमा ल्याएका छन् । सापकोटाले बागलुङ नगरपालिका २, ट्राफिक चोकमा होटल पर्व सञ्चालनमा ल्याएका हुन् । उनले ७ करोड लगानीमा होटल सञ्चालनमा ल्याएको बताए ।

यहाँ ६ वटा एसी, एक भिआइपीका लागि वेयटिङ कोठासहित १२ कोठा सञ्चालनमा आएका छन् । झन्डै २ सय जना राखेर कार्यक्रम गर्ने हल, एक तालिम कक्ष, आकर्षक रेस्टुरेन्टसमेत यहाँ सञ्चालनमा छ । शारीरिक कसरत गर्न चाहनेका लागि पनि यो होटल उपयोगी हुने भएको छ ।

सापकोटाले ‘स्टीम बाथ’सहितको व्यायामशालाको सुविधा होटलमा उपलब्ध गरेको बताए । ‘बागलुङमा पहिलोपटक होटलले स्टीम बाथको सुविधा दिँदै छ,’ सापकोटाले भने, ‘होटल पर्व बागलुङको भ्यू हेरेर बस्न मिल्ने सुविधा रहेको होटल हो ।’

होटलमा विवाह ब्रतबन्ध लगायतको सांस्कृतिक क्रियाकलापसमेत गर्न सकिने व्यवस्था गरिएको छ । बागलुङको जैमिनीका सापकोटा सफल व्यवसायीको रुपमा चिनिन्छन् । ‘बाबुको सम्पत्ति भएको भए धेरै लगानी गर्न सकिन्थ्यो, मेहेनतले लगानी गर्दा धेरै वर्ष लाग्यो,’ सापकोटाले भने, ‘केही फरक सेवा दिने गरी आएको छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->