बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुई मुख्यमन्त्रीको रोहबरमा ‘सहकार्य’ सम्झौता

दुई मुख्यमन्त्रीको रोहबरमा ‘सहकार्य’ सम्झौता

मुख्यमन्त्रीद्धय भन्छन्– संघले गरेन, हामी सहयोग गर्छौं


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७८, शुक्रबार

पोखरा – वीरगञ्जका गणेश लाठ बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्षको हैसियतमा पोखरामा झुल्किए । ३५ वर्षअघि कराँते खेलाडीका रुपमा पहिलोपटक पोखरा आएको स्मरण गर्दै उनले भने ,‘ त्यसपछि यहाँ आउन मेरो मन आफैसँग अनेक निहुँ खोजिरहन्छ !’ उनले आफू थुप्रैपटक घुम्नकै लागि पोखरा आएको पनि बताए ।

उनले पोखरा आसपासमा पदयात्रासमेत गरेका रहेछन् । घोरेपानी–पुनहिल पदयात्रामा उनले स्विस पर्यटकसँग बातचित गरेछन् । लाठले पर्यटकलाई सोधेछन्, ‘स्विटजरल्यान्डबाट किन नेपाल आउने ?’ पर्यटकले सहजै भनेछन्, ‘अर्गानिक स्विटजरल्याण्ड’ नेपाल हो ।’
गण्डकी र प्रदेश २ बीच आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आयोजित अन्तक्र्रियामा बोल्दै लाठले वीरगञ्ज र पोखराको सम्बन्ध पुरानो रहेको बताए । वीरगञ्जबाट ल्याएको सामान खच्चडमा बोकाएर मुस्ताङसम्म पु¥याएको पनि उनले सम्झे । उनले नेपालको हवाइ यात्रा महंगो भएको दृष्टान्त दिँदै घटाउन माग पनि गरे । हवाइभाडा सस्तो भए आन्तरिक पर्यटकको संख्या बढ्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए ।
वीरगञ्ज नगरपालिकाका मेयर विजयकुमार सरावगीले पनि व्यापार गर्न गण्डकीका गाउँगाउँ पुगेका रहेछन् । वीरगञ्जबाट सामान लिएर स्याङ्जाको सेतीदोभान हुँदै पर्वत र बागलुङसम्म हिडेर पुगेको सरावगीले सम्झे । ‘त्यतिबेला बाटो थिएन, पैदलै कुश्मा, बागलुङसम्म पुग्थ्यौं’, उनले भने, ‘यहाँ मेरो व्यवसाय छ, पोखरा मेरो दोस्रो घर हो, सालमा ६ पटक आउँछु ।’

उनले पर्यटक आकर्षित गर्न राजमार्गको सुधार हुनुपर्नेमा जोड दिए । ‘जनकपुरबाट पोखरा आउन १२ घण्टा लाग्यो, नारायणघाटदेखि मुग्लिन नै ६ घण्टा लाग्यो’, सरावगीले भने, ‘सडकमा भएका जाम र पहिरो पर्यटकले बुझ्दैनन् ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपालको सडक सञ्जाल संसारकै खराब भएको टिप्पणी गरे । पोखरामा पर्यटकलाई सबैभन्दा धेरै ठगी ट्याक्सीले गरिरहेको बताउँदै भट्टराईले मिटर सिस्टम लागु गराउन प्रहरी र प्रशासनले नै नचाहेको आरोप लगाए ।
सरकारको गलत नीतिका कारण नेपाल आउने पर्यटक दक्षिण अमेरिकातिर मोडिएको दावी गरे । उनी बोलिरहँदा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मञ्चमै थिए ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले पर्यटक र व्यवसायीका लागि ल्याइएका नियमको नियमन हुन नसकेको गुनासो गरे ।उनले भारतीय पर्यटकसँग सरकारले अवैध असुली गर्ने र हतोत्साही गर्ने गरेको उनले गम्भीर आरोप पनि लगाए । ‘भारतबाट आउने प्रत्येक पर्यटकलाई समातेर जनही ५ सय रुपैयाँ असुली गरेर बेलुका छाड्छ’, उनले भने, ‘वीरगञ्ज
नाकाबाट मात्र होइन, सबै नाकाबाट आउने पर्यटकलाई यसरी नै हतोत्साही पारिन्छ ।’

सरकारले अन अराइभल भिसा र सीमानाका खुलाउनुपर्ने माग उनको थियो । वीरगञ्ज नगरपालिकाका मेयर विजयकुमार सरावगीले महामारीमा पनि नेपालमा सुरक्षित तरिकाले पर्यटन प्रवद्र्धन गर्न सकिने भएपनि सरकारले चासो नै नदिएको सरावगीले बताए ।
गण्डकी सरकारको निमन्त्रणमा पोखरा भ्रमणमा आएका मुख्यमन्त्री राउतसहितको टोलीले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न व्यवसायीबीच ५ बुँदे सहमति भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल र नाट्टा प्रदेश– २ का अध्यक्ष मोहनप्रसाद शर्माले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा अन्तर प्रदेश पर्यटकीय गन्तव्यको पहिचान, सम्बद्र्धन र प्रचार गर्ने, दुई प्रदेशबीच सिधा हवाई सेवा निरन्तरता दिने र जनकपुरदेखि पोखरासम्म थप हवाई सेवा विस्तार गर्ने, धार्मिक, साँस्कृतिक, पुरातात्विक संस्कृतिको आदान–प्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने उल्लेख छ । यस्तै, जनकपुरको जानकी मन्दिरदेखि त्रिवेणीधामहुँदै मुक्तिनाथसम्म धार्मिक पर्यटकीय सकिर्टको प्रवद्र्धनमा जोड दिने र दुबै प्रदेशको सहकार्यका क्षेत्र पहिचान गरी कार्यान्वयन गर्ने सहमति बनेको छ ।

मुख्यमन्त्रीद्धय भन्छन्– संघले गरेन, हामी सहयोग गर्छौं

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले दुई प्रदेशमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र व्यवसाय जोड्न सरकारस्तरमा र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक रहेको बताए । सरकारी स्तरबाट इमान्दार प्रयास गर्नुपर्ने भन्दै उनले संघीय सरकारबाट त्यस्तो प्रयास हुन नसकेको टिप्पणी गरे ।

नेपाल पर्यटन बोर्डले निकोलेको बुकलेटमा प्रदेश– २ को एउटा पनि ठाउँ नराखेको राउतले बताए । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रदेश– २ भ्रमण गर्दा नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको फोटो बुकलेटमा राखेको थियो तर जानकी मन्दिर थिएन’, उनले भने । पर्यटन बोर्डले जानाजान त्यसो गरेको बताउँदै उनले भने,‘प्रदेश– २ लाई हेर्ने दृष्टिकोण गलत छ, यस्तो दृष्टिकोण परिवर्तन नगरी हुँदैन ।’
भारतीय पर्यटकलाई रंग, भाषा र बोलीचालीका आधारमा गलत व्यवहार भइरहेको भन्दै उनले यसो गर्नेलाई राज्यले पुरस्कृत गरिरहेको जिकिर गरे ।

तत्कालीन प्रधानमन्त्री केपी ओली सडक सुधार्न छाडेर पानीजहाजको कुरा गर्दै हिँडेको भन्दै मुख्यमन्त्री रावतले यो देशका लागि दुर्भाग्य भएको बताए । ‘भन्दाखेरी पार्टीको कुरा आउँछ, राजनीतिक कुरा ग¥यो भन्छ’, उनले भने, ‘भएको कुरा गर्दै नगर्ने नभएको कुरा गर्दै हिँड्ने, सडक नै खराब भएको देशमा जल यातायात कसरी चलाउन सकिन्छ ? सम्भव नै छैन ।’ लगानी गर्न खोज्ने व्यवसायीलाई राज्यले डकैती गरेर आएजस्तो व्यवहार गरेको आरोप पनि लगाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू पहिलोपटक अमलेखगञ्जबाट रेल चढेर वीरगञ्ज पुगेको स्मरण गर्दै दुई प्रदेशबीचको सहकार्यमा जोड दिए । उनले मधेश आन्दोलनले नै मुलुकमा संघीयता आएको स्वीकार्दै संघीयता बलियो बनाउन प्रदेशहरु एकजुट हुनुपर्ने तर्क गरे ।

संघीयता कमजोर भए राष्ट्रियता खतरामा पर्ने उनको भनाइ थियो ।अहिले प्रदेश सरकार कमजोर बनेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रहरी, वन, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले अधिकार खोसेको टिप्पणी गरे । संघीयता आइसकेपछि पनि गुनासो गर्नुपर्ने अवस्था छ’,उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->