बागलुङ/ गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं बार्षिक साधारणसभा सुरु भएको छ । सहकारीले शुक्रबार अफ्नो सेवा केन्द्र बगलुङ बजारमा साधारणसभा गर्दै १५ औं बार्षिक साधारणसभाको शुभारम्भ गरेको हो । अन्य सेवा केन्द्रहरुमा घुम्ती साधारणसभा हुने छ ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु उद्देश्य अनुरुप संचालन हुनुपर्ने बताए । उनले सहकारीहरु विभिन्न उद्देश्यका साथ स्थापना भएका हुन्छन् सोहि उद्देश्य अनुरुप काम गर्नुपर्ने र अन्य सहकारीसँग एकीकरण गर्दा एकअर्काका उद्देश्यलाई निरन्तरता दिनु सकरात्मक कार्य भएको बताए ।
कार्यक्रममा सहकारीका सल्लाहकार टिकाराम सापकोटा, प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल ‘कुमार’, सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडका अध्यक्ष चुडामणि उपाध्याय, साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष चुडामणि शर्मा र एकता सहकारी संस्था लिमिटेडकी संचालक समिति सदस्य रिता शर्माले शुभकामना मन्तव्य व्यक्त गरे ।
साधारणसभामा शेयर सदस्य डिल्लीप्रसाद उपाध्यायले सल्लाह सुझाव दिए ।
संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य संचालक समिति सदस्य तथा जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक नविन शिशिर विक र संचालन सचिव सुर्य बहादुर थापाले गरेका थिए ।
सहकारीले काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको मुख्य कार्यालयमा र सेवा केन्द्र बागलुङ बजारमा बार्षिक साधारणसभा गर्ने निर्णय भएकाले शुक्रबार बागलुङ बजारमा साधारणसभा गरिएको संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिए । उनले मुख्य कार्यालय भीमापोखरामा शनिबार साधारणसभा सम्पन्न गरिने बताए ।
२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको सहकारीले हाल बागलुङ बजारमा सेवा केन्द्र स्थापना गरि कार्य संचालन गरिरहेको छ ।
सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गरिरहेको छ । सहकारीले काठेखोला गाउँपालिकाबाट मासिक कारोबार र बागलुङ बजारबाट दैनिक कारोबार संचालन गर्दै आएको छ ।





