बागलुङ – बागलुङमा संचालित गुहेली संचार सहकारी संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा ५ करोड ८१ लाख बढिको कारोवार गरेको छ ।
सहकारी मार्फत संचार क्षेत्रको बिकास र सम्मृद्धिमा संचालित सहकारी संस्थाले कोरोनाको कहरका बिच पनि आर्थिक बर्ष २०७७/०७८ मा ५ करोड ८१ लाख ७८ हजार २ सय ५४ रुपैया बरावरकोे कारोवार गरेको हो ।
बागलुङको काँठेखोला गाउँपालिका २ भिमापोखरामा मुख्य कार्यालय र बागलुङ बजारमा सेवा केन्द्र संचालन गरि जननिगरानी साप्ताहिक पत्रिका तथा खवरवेय अनलाईन संचालन गरेको सहकारीले १५ बार्षिक साधारणसभामा उक्त कारोवार भएको जानकारी गराएको हो ।
हालसम्म ८ सय ११ जना शेयर सदस्य रहेको सहकारीमा ८३ लाख ७० हजार १ सय शेयर रकम, २ करोड ६९ लाख ७ हजार २ सय ४० ऋण लगानी रहेको संस्थाका कोषाध्यक्ष गीता हमाल शाहीले जानकारी दिइन् ।
संचार तथा अन्य सामाजिक एँव बिपतको क्षेत्रमा समेत काम र सहयोग गर्दै आएको सहकारीले यो आर्थिक बर्षमा बहुुउद्देश्यीय भवन निर्माण र कृषि उपज संकलन केन्द्र स्थापनाको तयारीमा रहेको सचिव सुर्य थापाले बताए ।
भिमापोखरामा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले सहकारीले ऋण र बचतमा मात्र नभई उत्पादन मुलक क्षेत्रमा काम गर्न सकेमा मात्र सहकारी संचालनको औचित्य हुने बताए । उनले बहुुउद्देश्यीय भवन निर्माण गरि कृषि उपज संकलन केन्द्र स्थापनाको तयारीमा रहेको सहकारीका लागि पालिकाबाट सक्दो सहयोग रहने बताए ।
कार्यक्रमका वडा अध्यक्ष बिद्यापति शर्मा, डिभिजन सहकारी कार्यालयमा कार्यरत पुर्व कर्मचारी एवँ मालपोत कार्यालय बुर्तिवाङका अधिकृत डिलबहादुर केसी, गाउँ कार्यपालिका सदस्य टिकासंगम बिक, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्माले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
त्यसैगरि सहकारीका सल्लाहकार चन्द्रमणी उपाध्याय, स्वास्थ्य प्राविधीक संघ बागलुङका सचिव बिष्णुनाथ सापकोटा, पाला स्वास्थ्य चौकीका इन्चार्ज धुर्व केसी र शुभश्री बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रेम केसीले मंतव्य व्यक्त गरे ।
कार्यक्रम संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष टिकाराम उपाध्यायको स्वागत र सचिव सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो । सहकारीले साधारणसभाको पहिलो दिन बागलुङ बजारमा पनि कार्यक्रम गरेको थियो ।





