बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटन व्यवसायीमैत्री नीति ल्याउने रहर छ: मन्त्री कँडेल

पर्यटन व्यवसायीमैत्री नीति ल्याउने रहर छ: मन्त्री कँडेल

'अहिले उचित बजेट छैन् । बजेट ज्यादै न्युन छ । सचिव पनि ५ दिनमात्र भयो आएको ।'


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७८, बुधबार

कोरोना महामारीका कारण पर्यटन व्यवसाय लगायत उद्योग व्यसायलाई असर गरेको १८ महिना पुगेको छ । हाल कोरोना महामारीमा कमी आउँदै गर्दा गण्डकी प्रदेशको पर्यटन क्षेत्र र पर्यटन व्यवसायीका लागि प्रदेश सरकारको योजना के छ भन्ने विषयमा गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलसंग ढोरपाटनले गरेको कुराकानीको सम्पादित अंश  :

सर्वप्रथम त तपाईँलाई पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री हुनुभएको बधाई छ । कस्तो अनुभव गर्नुभएको छ ?

धन्यवाद ! काम गर्ने हो । काम गर्ने कुरामा चाहिँ यो पर्यटन मन्त्रलाय मलाइ मुख्य मन्त्रीले जिम्मा लगाउनुभयो । र मैले जिम्मा पाएको छु सोहि अनुसार काम गर्न लागेको छु । यो त्यो भनेर त्यस्तो चमत्कार केही भएको छैन् । एकदम खुसी भएको केहि छैन्स, बै सामान्य कुरा हो । मेरो पार्टीको नेतृत्वले खटाउँदा यहाँ खटिएको छु ।

प्रतिपक्षिबाट सत्तापक्ष हुदैँ मन्त्री हुनुभएको छ, मन्त्री हुन्छु भन्ने कुनैदिन लागेको थियो ?

इमान्दार कुरा गर्दा अहिले यो कार्यकालमा मन्त्री भइन्छ भन्ने दिमागमा थिएन् । यो हामीले आकस्मिक रुपमा पाएको अवसर भन्ने ठानेका छौँं ।

सरकार बनेको सय दिन काट्यो, तपाइँ मन्त्री भएकोपनि २ महिना भइसक्यो मन्त्रालय सम्हाल्न आउँदा यहाँको स्थिति के कस्तो रहेछ त ?

पर्यटन मन्त्रालय पहिला उद्योग, पर्यटन तथा बन मन्त्रालय भनेर थियो । त्यो मन्त्रालय फुटेर अहिले पर्यटन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बनेको छ । नयाँ मन्त्रालय भएकाले भौतिक सामान यहाँ केहि पनि थिएन । भवन पनि पुरानै हो । बजेट, सचिव केहि पनि नभएको अवस्थामा आएको हो । एउटा जे ढंगले बस्तुगत माग हुन्थ्यो त्यो ढंगको बजेटपनि भएन् । त्यो कारणले अहिले कठिनाइका साथमा हामी अघि बढिरहेका छौँ ।

भनेको अहिले उचित बजेट छैन् ? काम कसरी गर्ने त ?

अहिले उचित बजेट छैन् । बजेट ज्यादै न्युन छ । सचिव पनि ५ दिनमात्र भयो आएको ।

गण्डकी प्रदेश पर्यटकीय प्रदेश हो । यहाँको मुख्य पेशा भनेकै पर्यटन व्यवसायलाई मानिन्छ । तपाईँ पर्यटन मन्त्री पनि हुनुहुन्छ पर्यटन सम्बन्धि के कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

अहिले सानातिना योजनामै अघि बढेका छौ । त्यस्तो ठुलो योजना बनाएका छैनौँ । उही पूर्वाधार तयार, राहतका योजनाहरुनै छन् । केही तालिमका प्याकेजहरु यस्तै छन् ।

पोखरामा विभिन्न राष्ट्रका राजदुत आउनुभयो, यस्ले बाहिर कस्तो सन्देश दिन्छ ? के गण्डकी प्रदेश खुल्ला भएको सन्देश दिन्छ ?

प्रदेश खुल्ला छ भन्ने सन्देश दिनकै लागि हो । अब पर्यटकलाई घुम्न खुल्ला छ भनेर देशभित्र मात्र होइन बाहिरपनि सन्देश जाओस भनेर नै मित्र राष्ट्रहरुमा, छिमेकी राष्ट्रहरुमा पनि जाओस र समुदायमा पनि जाओस भनेरै यो आयोजना गरेको हो ।

गण्डकी प्रदेशमा आएपछि वहाँहरुको प्रतिक्रिया कस्तो रह्यो ?

वहाँहरुले छोटकरीमा भन्दा निकै रमाइलो मान्नुभयो । कोही पहिलो पटक आउनुभएको छ भने कोहि दोस्रो तेस्रो पटकसम्म आउनुभएको रहेछ । रमाइलो सुन्दर ठाउँ छ । प्रसस्त प्रचुर पर्यटन व्यसायको सम्भावना रहेछ भनेर प्रतिक्रिया दिएर जानुभयो । अर्को कुरा मौसमले पनि साथ दिएकाले विहान हिमालहरुको दृष्यले पनि मन लोभ्याएको देखियो । खुल्ला हिमाल हेर्दै यहाँको सामाजिक ढंगले पर्यटन व्यवसायीसंग पनि परिचयात्मक कार्यक्रम गर्नुभयो । हाम्रो बुझाइमा पनि गण्डकी प्रदेशको राम्रो अनुभव लिएर जानुभएको छ ।

कोरोनाले नेपाल पनि अछुतो रहेन, अहिले पनि पर्यटन व्यवसायीको सिजन सुरु भयो, दशैपनि नजिकिदैँ गएको छ, यस्तो अवस्थामा पर्यटन क्षेत्र खुल्ला गर्दा के कस्ता चुनौति आउलान् ?

अहिलेको अवस्था हेर्दा कोरोना घट्दो क्रममा छ । दिन प्रतिदिन घट्दै गएको छ । त्यसो हुनाले निको हुने क्रम बढेको छ । आक्रान्तको अवस्था छैन् । अब व्यवसायहरु कोरोना छ भनेर सद्यैभरी वन्द गरेर हुँदैन । यो अवस्था पनि २ वर्ष हुन लाग्यो । व्यवसायीहरु काम नगरि बस्नुस भन्न सकिदैँन । राज्यले भन्न सक्दैन । केही गर्न खोज्दा फेरी कोरोना फैलिने हो की भन्ने जोखिम र त्रास त जिवितै छ । त्यो हुदाँहुदैँ काम त गर्नै प¥यो । योसंग जुध्दै जान प¥यो । सबैलाई खोप लगाएपछि तथ्यांकगत रुपमा एका दुई बाहेक खोप लगाएका अन्यलाई कोरोना लागेको छैन । अहिलेको चुनौतिको रुपमा नयाँ भेरियन्ट आउँछ की भन्ने नै हो । तर, अब चुनौतिसंग जुध्दै जान पर्छ, नयाँ तरिका पनि खोज्नुपर्ने हुन्छ ।

कोरोना महामारीले धेरै व्यवसायी पलायन भएको अवस्था छ, जसमा पर्यटन व्यवसायी पनि अछुतो रहेन् व्यवसायीका लागि तपाईँहरुको योजना के छ ?

अब मन्त्रालयसंग केहि उत्कृष्ट कार्यक्रम ल्याउने ठोस बजेट छैन् । तर, मैले व्यवसायी मैत्री नियम कानून ल्याउन सहयोग गर्ने हो । बैंकमा ब्याज हामी तिरिदिन्छौँ । १५ लाखसम्मका रकम लिनुस ३ वर्षभित्रमा तिर्नुस भनेर सहजीकरण र प्रोत्साहन गरिराखेको छ । राष्ट्रबैकले पनि मौद्रिक नीति ल्याएको छ, त्यसले पनि केहि राहत पक्कै मिल्ने छ ।

भनेको यो महामारीको समयमा तपाईँहरुले व्यवसायमैत्री नीति नियम ल्याउनुहुनेछ, के त्यो कार्यान्वयन हुन्छ त ?

कार्यान्वयन हुन्छ । हामीले केहि मापदण्डहरु निमार्ण गर्छौ र सोहि अनुसारनै दिनेछौँ ।

के गण्डकी प्रदेशका पर्यटन क्षेत्र पुर्ण रुपमा खुल्ला भएको हो ?

लगभग लगभग खुल्ला भइसक्यो । हामीले धार्मिक स्थल, विभिन्न पदयात्रा लगायत सबै खुल्ला गरेका छौँ । अब पर्यटक आउँदै गर्दा खुल्न बाकिँ समेत खुल्दै जानेछ ।

अनि गण्डकी प्रदेशको उद्योगहरुको अवस्था चाही कस्तो छ त ?

गण्डकी प्रदेशमा असार मसान्तसम्मा गरि झण्डै ८ हजार २ सय साना तथा मझौला उद्योग दर्ता भएका छन् । ती उद्योगहरु सबैले काम गर्न सकिरहेका छैनन् । थोरैले मात्रै काम गरिरहेका छन् । उनीहरु कोरोनाकै कारण अफ्टेरोमा परेको भन्ने भावना देखिएपनि । काम गरिराखेका छन् । र ठुला उद्योगपनि आवस्यक छ भन्ने हेतले नवलपुरको कावासेतीमा औद्योगिक क्षेत्रको स्थापना गर्न १६० रोपनी जग्गा व्यवस्थापन गर्ने पक्षमा छ । जुन उद्योग व्यवसायीलाई व्यवस्था गर्ने किसिमले भएका छन् । र यहाँ चाहि कास्की र तनहुँको सिमाना पुनिटारमा ३२ सय रोपनी जग्गा औद्योगिक क्षेत्र विकास गर्नका लागि प्राप्त गर्ने क्रममा रहेका छौ । ती जग्गा प्राप्त भएपछि उद्योग व्यवसायतर्फ उन्मुख गराउने योजना अघि बढाएका छौ ।

एकातिर पर्यटनका लागि खुल्ला गर्ने अर्कोतर्फ दशैको माहोल भएकाले सिमा नाकामा कोरोनाको कडा जाचँ गर्ने भनिएको छ । त्यसले आउने पर्यटकमा कत्तिको प्रभाव पार्दछ ?

म केही समय अघिमात्रै विरगंज नाका पुगेर आएँ । त्यहाँ कस्तो रहेछ भने सिमा खुल्ला गरिदिए हामी आउनेछौ भन्ने पनि छन् भने अर्कोतर्फ हामी जान्छौँ भन्नेपनि छ । व्यवसाय भनेको अब बन्द गर्ने होइन खुल्ने नै हो । सोहि अनुसार नै जाआँै । चाडबाट भएकाले अवस्यपनि शान्ति सुरक्षाका हिसाबले चेकजाचँ कडा हुनैपर्छ यस्ले पर्यटकलाई असर गर्दैन् । हामीले स्वास्थ्य सुरक्षाकै लागि गरेका हौँं ।

तपाइँको गृह जिल्ला वागलुङमा चाहि कस्ता योजना अघि बढाउनुभएको छ त ?
अब आफ्नो क्षेत्र भनेर मैले विशेष त्यस्तो योजनामा बजेट छुट्याएको छैन् । सबैलाई समान रुपले नै अघि बढाएको छु । नयाँ योजना भन्दापनि भएकालाई कार्यान्वय गर्नुनै अहिलेको प्राथमिकता हो । म आउनुभन्दा अघि नै बजेट विनियोजन भइसकेको छ । उही निर्वाचन क्षेत्र विकास अन्तर्गत नै आउने बजेट हुन्छ । त्यो चाहिँ कहाँ कसरी लगानी गर्ने भनेर म छलफल गरेरै जानेछु । वागलुङको साख जोगाउने गरी काम गर्छु ।

मन्त्री भएपश्चात तपाईँको मुख्य योजना चाहि के छ ?

अब मैले पर्यटन क्षेत्रतर्फ के गर्ने भन्दापनि पर्यटन व्यवसायीमैत्री नीति बनाउँदै छु । एउटा रिभाइबल पोलिसि बनाउँदै छु । यो भनेको पुनरजिवन नीति हो । मलाइ त्यो रहरपनि हो त्यो नै बनाउनेछु । काम हुदैँछ एक डेढ महिनाभित्रमा त्यो रिजल्ट पनि आउँछ ।

यो पुनरजिवन नीतिले व्यवसायीको कसरी हित गर्छ ?

पुनरजिवन नीतिले व्यवसायीलाई के गर्छ भन्दा मैले अगाडीपनि भने बैंकबाट लोनका व्यवस्था गर्छ, कहिँ पर्यटन पूर्वाधार निमार्ण भएको रहेछ भने त्यो पनि गर्छ । पर्यटकका लागि आकर्षक मनोरम घुम्ने पार्कहरु बनाउने लगायतका व्यवसायी हकहितका लागि काम गर्छ । बाटोघाटोदेखि शान्ति सुरक्षा दिने सम्मका काम गर्छन् ।

अन्त्यमा गण्डकीवासीका लागि के सन्देश छ ?

सर्वप्रथम त ढोरपाटन दैनिक परिवारलाई मेरो कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । समग्र गण्डकी प्रदेशवासीलाई म के भन्न चाहान्छु भने अब कोरोनाको भयबाट त्रसित भएर हात खुट्टा बाधेर होइन । हामीले खोप लगाएका छौँ भन्ने सोचेर आफ्नो पेशामा निर्धक्क काम गर्न अनुरोध गर्दछु साथै नजिकिदैँ गरेको नेपाली हिन्दुहरुको महान पर्व दशैँ तथा तिहारको पनि शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->