पोखरा/ चाडपर्वको अवसरमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? पोखरामा यामाहा बाइक र स्कुटरको विक्रेता भिडब्लु इन्टरप्राइजेजले भारी छुट र लक्की ड्र मार्फत आकर्षिक उपहार योजना ल्याएको छ । भिएडब्लु इन्टरप्राइजेज पोखराले यामाहा बाइक किन्दा किन्दा माधव परियारले १ लाख छुट पाएका छन् । दशैं, तिहार लगायत चाडपर्वका अवसरमा यामाहाले सञ्चालन गरेको रेस फर द एस योजनामा परियारले यो छुट पाएको भिएडब्लु इन्टरप्राइजेजका प्रवन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए ।
चाडपर्वको योजनामा यामाहाका बाइक र स्कुटर किन्नेले ८ हजारदेखि १ लाखसम्म नगद छुट पाउने इन्टरप्राइजेजका म्यानेजर सुरेन्द्र पौडेलले बताए । उक्त योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले ४ तोला सुनको तास र बम्परमा १ जनाले १२ तोलाको तास पाउने कम्पनीले जनाएको छ ।





