बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खुल्यो कञ्चन डिपार्टमेन्ट स्टोर्स

खुल्यो कञ्चन डिपार्टमेन्ट स्टोर्स


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

पोखरा/ पोखरामहानगरपालिका२, अर्चलबोटमा कञ्चन डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । ३ करोडको लागानीमा कञ्चन क्यापिटल प्रालिले पोखरा–बाग्लुङ हाइवेमाविभिन्न क्षेत्रका ग्राहकलाई लक्षित गरी कञ्चन डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको हो ।

उक्त डिपार्टमेन्ट स्टोर्सको पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्ल र ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरे ।उनीहरुलेसेवा र गुणस्तरमा ध्यान दिनुपर्ने जोड दिए ।स्टोर्सले नागरिकलाई आवश्यक पर्ने आधारभूत तथा दैनिक उपभोग्य सामाग्री एउटै छानामुनीसहज र सुपथ मूल्यमापाउने वातवरण तयार गरेकोमा खुसी व्यक्त गरे ।

खाद्यान्न, सुनचाँदी, किचन आइटम, कस्मेटिक्स, जुस तथा मदिरालगायत सबै उपभोग्य वस्तुहरु एकै छानोमुनी व्यवस्था गरिएको कञ्चन क्यापिटल प्रालिका अध्यक्ष विमालमान गुवाजुले जानकारी दिए । शुक्रबारबाट औपचारिकरुपमा सुरुआत गरिएको उक्त स्टोर्समा तिहार सम्म हरेक सामाग्रीहरुमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।‘यहाँबाट पोखरा बाहेक पनि पर्वत,बाग्लुङ र म्याग्दीका बासिन्दाले समेत सेवा पाउनेछन्,’ गुवाजुले भने ।
स्टोर्समा पाइने हरेक सामान अनलाइनमार्फत पनि किनमेल गर्न सकिने र होमडेलिभरीको व्यवस्था समेत मिलाइने गरी प्रबन्ध गरिएको डिपार्टमेन्ट स्टोर्स प्रमुख दिलीप शाक्यले जानकारी दिए ।१७ जना मिलेर सञ्चालन गरेको उक्त डिपार्टमेन्ट स्टोर्समा २० जना भन्दा बढीले रोजगार पाएकाछन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->