बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शिवशिखर सहकारीले बागलुङमा सुरु गर्यो गार्डेन मार्ट

शिवशिखर सहकारीले बागलुङमा सुरु गर्यो गार्डेन मार्ट


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार
?

बागलुङ – बागलुङमा स्थानीय उत्पादनको स्तरीकरण र बजारीकरण सहयोग गर्ने उद्देश्यले गार्डेन मार्ट सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीले बागलुङ शाखाले मार्ट सञ्चालनमा ल्याएको हो ।
मार्टको शनिबार गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्माले उद्घाटन गरे । कोरोना महामारीका कारण व्यवसाय थला परेको अवस्थामा स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनाका लागि सुरु भएको मार्टले बागलुङबासीको हितमा काम गर्ने शर्माले बताए ।

उनले व्यवसायभन्दा धेरै उपभोक्ताको हितलाई ध्यानमा राख्न सुझाव समेत दिए । स्थानीय उत्पादनको स्तरीकरण र बजारीकरणको लक्ष्य राखेको मार्टले सहकारीको मर्मअनुसार काम गरे उपभोक्ता सर्वसाधारण लाभान्वित हुने उनको धारणा थियो ।

संस्थाले यसअघि काठमाडौंसहित देशका विभिन्न सहरमा ८ वटा शाखा स्थापना गरिसकेको छ । शनिबारमात्रै ५ स्थानमा एकैपटक मार्ट सञ्चालनमा आएको सहकारीका सञ्चालक सदस्य सुशिलबाबु बानियाँले बताए । एउटै छानामुनि सबै वस्तु उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ ।

करिब ९ करोडको लागतमा मार्ट संचालनमा आएको हो । मार्टमा खाद्यान्न, भान्सा र लत्ताकपडाका सम्पूर्ण आइटम पाइने सहकारी बागलुङ शाखा प्रबन्धक विष्णुप्रसाद भुसालले बताए । चामल, दाल, चिया, चकलेट, घ्यु, महलगायत सामग्री सहकारीले आफैं उत्पादन गरेको हो । आफ्ना उत्पादनसँगै बजारको मागअनुसारका सामान सहज तबरले उपलब्ध गराउन मार्ट सञ्चालनमा ल्याएको भुसालको भनाइ छ ।
मुख्य लक्ष्य कृषि उत्पादनलाई बढवा दिने भएकाले किसानलाई आर्थिक तथा प्राविधिक रूपमा सहयोग गर्दै उत्पादित वस्तु बजारमा ल्याउने योजना रहेको भुसालले बताए । सहकारीको शाखा र गार्डेन मार्टमा गरी ४५ जनाले रोजगारी पाएका छन् ।

बागलुङका ढोरपाटन र ताराखोलाको आलु, भाँगो, अदुवा, बेसार, लसुन, हराउँदै गएको रैथाने बाली कोदो, स्थानीय जातको मकैलगायत तयारी वस्तु बजारमा ल्याउने लक्ष्य लिइएको सहकारीको जनाएको छ । ‘हामीले प्रसोधन केन्द्र स्थापना गर्दैछौं, जग्गाको खोजी भैरहेको छ’ भुसालले भने ‘यहाँ प्रसोधन नहुने बेलासम्म काठमाण्डौमा रहेको प्रशोधन केन्द्र पठाएरै भएपनि स्थानीय उत्पादन बिक्री गर्नेछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->