बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पसल ‘विष’ भण्डारजस्तो !

पसल ‘विष’ भण्डारजस्तो !

‘पसल पूरै डम्पिङ साइडजस्तो छ,’ प्राविधिक सहायक महतोले भने, ‘जुन टाँडमा हे¥यो त्यही ठाउँमा गुणस्तरहीन, म्याद सकिएका सामग्रीबाहेक अन्य सामग्री छैनन् ।’


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७८, बिहिबार

बागलुङ -५ वर्ष पहिलेनै म्याद सकिएका खाद्य तथा तथा पेय पदार्थ बिक्रीका लागि राखिएका सबै सामग्री फोहोरको डंगुरबाट उठाएर ल्याइएकाजस्तै । व्यवसायीलाई सोधीखोजी गर्दा सिधा उत्तर आयो ‘लकडाउनले यस्तो बनायो ।’ म्याद सकिएका सामग्री पसलभरि भएपनि बिक्रि वितरण रोकिएको थिएन । नत म्याद गुज्रिएका सामग्री छुट्टै राखिएको थियो न त मुल्यसूचि थियो ।

म्याद सकिएका खाद्यन्न सामग्री बिक्री गर्ने बागलुङ बजारको एक किराना पसलको कथा हो यो । बागलुङ नगरपालिका ४, उपल्लाचौरबाट कँुडुले जाने घुम्तीमा सञ्चालित ‘जालपा सपिङ सेन्टर’ मा अनुगमन गर्दा बिक्रीका लागि राखिएका खाद्यन्नमध्ये करिब ८० प्रतिशत सामग्री म्याद गुज्रेका फेला परेका थिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङको अगुवाईमा बुधबार चाडपर्व लक्षित बजार अनुगमन गरिएको थियो । अधिकांश खाद्यन्न तथा पेयपदार्थ खान योग्य नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्राविधिक सहायक सवन्साकुमार महतोले बताए । अनुगमन टोलीले तत्कालै पसल सिल गरेको छ ।

‘पसल पूरै डम्पिङ साइडजस्तो छ,’ प्राविधिक सहायक महतोले भने, ‘जुन टाँडमा हे¥यो त्यही ठाउँमा गुणस्तरहीन, म्याद सकिएका सामग्रीबाहेक अन्य सामग्री छैनन् ।’ गाउँ केन्द्रित गरेर सञ्चालन गरिएको पसलको चरम लापरवाही भएको महतोको भनाइ छ । ग्रामीण क्षेत्रबाट सामग्री खरिद गर्न आउने सर्वसाधारणले म्याद हेरेर खरिद नगर्ने हुँदा झुक्याउने उद्देश्यले जानाजान जनस्वास्थ्यमा खेलवाड भएको महतोले बताए ।

पसलमा राखिएका सबै जसो खाद्यन्न, पेयपदार्थ, चकलेट गुणस्तरहीन, हानिकारक भएको महतोको भनाई छ । जनस्वास्थ्यमाथि खेलवाड गरिएको, नाफा कमाउने उद्देश्यले म्याद सकिएका सामग्री विक्री गरिएको भन्दै पसललाई तत्काल एक हप्ताको म्याद दिएर सुधार गर्न निर्देशन समेत दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।

निषेधाज्ञा र कोरोनाको बहाना बनाएर सामग्री फिर्ता नगर्ने पसललाई जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको ठहर गर्दै पसल सञ्चालक हेमलाल पौडेललाई एक लाख ५० हजार रुपैयाँ जरिवानासहित प्रशासनमाउपस्थित हुने निर्देशन गरिएको हो । बागलुङ बजार अनुगमनको क्रममा यति धेरै लापरवाही भएको पहिलो पटक भेटिएको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले बताइन् ।

पसल लुकीछुपी सञ्चालन गरे तत्काल पक्राउ गर्न सकिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा बताउँछन् । ‘पसल विषको भण्डारजस्तो छ,’ उनले भने, ‘सो क्षेत्रमा नियमित गस्ती गरेर अनुगमन गछौं ।’ बजार अनुगमन टोलीले १५ वटा पसल निरीक्षण गर्दा मुल्य सुची नराख्ने र म्याद गुज्रेका सामन विक्री गर्ने गढीमाई स्टोर्स, न्यु धम्जाली स्टोर्स, शाह स्टोर्सलाई ५/५ हजार रुपैयाँको दरले जरिवाना गरिएको थियो । बजार अनुगमन नियमित गर्ने प्रशासकीय अधिकृत विकको भनाई छ । अनुगनका क्रममा ठूलो मात्रामा म्याद गुज्रिएका सामग्री जफत गरेर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->