बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा दुई रुपैयाँमा चिया

पोखरामा दुई रुपैयाँमा चिया


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७८, सोमबार

पोखरा । चियाको मुल्य कति ? १५, २० अथवा २५ । तर, पोखरामा दुई रुपैयाँमा नै चिया पिउन पाइने भएको छ ।

विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दशैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै दुई रुपैयाँमा चिया पिलाउने भएको हो ।

यसका लागि ग्राहकसँग दुई रुपैयाँको नोट हुनुपर्ने हुन्छ । जो सँग दुई रुपैयाँको नोट छ उसैले मात्र चिया पिउन पाउनेछ ।

‘सिक्काको पैसा भएर हुँदैन, दुई रुपैयाँको नोट नै चाहिन्छ’, संचालक सुदीप पौडेलले भने । उसो त पछिल्लो समय दुई रुपैयाँको नोट हराउँदै गएको छ ।

नोटको संरक्षणका लागि पनि आफुले यो कन्सेप्टलाई अगाडि सारेको सुदीपको भनाई छ । ‘चिया पारखीका लागि यो अफर राम्रो हो, अनि मेरा लागि अवसर’, सुदीपले भने ।

जुन दशैं समयअवधिसम्म मात्र हुनेछ । भन्छन्, ‘यो एउटा दशैं अफर हो । चियादानी सामाजिक काममा समेत सक्रिय छ भन्ने सन्देश दिन हामीले यस्तो अफर ल्याएका हौं ।’

दुई रुपैयाँको चिया पिलाउँदा आफुलाई घाटा हुने भएता पनि त्यसको प्रवाह नगरी ग्राहकलाई सेवा दिने उनले बताए ।

‘दुई रुपैयाँको चियामा समेत ग्राहकले २० रुपैयाँको जस्तै स्वाद पाउनुहुनेछ’,चियादानीमा ४० भन्दा बढी प्रकारका चिया पाइन्छ ।

छोटो समयमा चियादानीले राम्रो सफलता हासिल गरेको छ । पोखराको बगरबाट सुरु भएको चियादानीको आउटलेट चितवनमा समेत खोलिएको छ ।

निकटभविष्यमा नै देशका अन्य शहरमा समेत चियादानीको आउटलेट संचालनमा ल्याउने तयारी रहेको सुदीपले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->