आमा, सोच्नुहोस् त
दसैं कस्तो हुदो हो?
यदि स्वदेश मै
विदेश भैदिएको भए।
कर्म र भाग्य मै देश भैदिएको भए।
दसैं कहिल्यै
रित्तो जानि थिएन,
हाम्रो पर्व कसैले
खानि थिएन
बिदेशमा पसिना
खेर जानि थिएन।
बा, सोच्नुहोस् त
दसैं कस्तो हुदो हो?
यदि स्वदेश मै परिश्रम भैदिएको भए
पसिना हाम्रो
माटोमा खस्ने थियो
तपाईको सन्तान
देशमै बस्ने थियो।
हाम्रा बारिमा
उद्धोग खुल्ने थियो
खेतमा अत्पादन,
घर घरमा रोजगार
सबै नागरिकमा
आत्मसम्मान।।
आमा सोच्नहोस् त
दसैं कस्तो हुदो हो?
यदि स्वदेशमै विदेश भैदिएको भए,
हाम्रो जमिनमा पनि
डलर फल्ने थियो
एक रुपैया
सयमा चल्ने थियो।
सबैका घरमा
उज्यालो बल्ने थियो
दुई ढुङ्गाका बिचमा पनि
तरुल फल्ने थियो।
हामीलाई दशा नभई
दसैं हुने थियो।
यदि स्वदेश मै
विदेश भैदिएको भए
अरबमा विदा
साच्नु पर्थेन
यूरोपमा जमरा
उमार्नु पर्थेन
घाउ लुकाएर
फोनमा हाँस्नु पर्थेन।
परिवार छोडेर खाडिमा
नाच्नु पर्थेन।
बा सोच्नुहोस् त
दसैं कस्तो हुदो हो ?
यदि देशमै यूरोप
र अरब भैदिएको भए।
कर्मको कदर र तलब
भैदिएको भए।
युवाको अर्थ र मतलब
भैदिएको भए,
कुनै पनि दसैं
रित्तो जानि थिएन
कर्म र भाग्य मै
देश भैदिएको भए।।
●●●
9846173898
9846173898





