बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शंखधरको अध्यक्षमा पुनः रतनप्रसाद चयन

शंखधरको अध्यक्षमा पुनः रतनप्रसाद चयन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

बागलुङ/ शंखधर बहुमुखी सहकारी संस्था बागलुङको अध्यक्षमा पुनः रतन प्रसाद श्रेष्ठ चयन भएका छन् । सहकारीको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुरेश प्रसाद श्रेष्ठ, सचिवमा युक्तजंग राजभण्डारी, कोषध्यक्षमा टुप्ला प्रसाद श्रेष्ठ र सह–सचिवमा आनन्द बिकास श्रेष्ठ चयन भएका छन् । सञ्चालक सदस्यहरुमा काजी कुमार श्रेष्ठ, मनोहर लाल बज्राचार्य, राम प्रसाद श्रेष्ठ, चयनदेवी श्रेष्ठ, रेणुका राजभण्डारी, बिन्दुसागर राजभण्डारी, सुमनजंग राजभण्डारी बद्री कुमार श्रेष्ठ, तुलसी नारायण श्रेष्ठ र बिक्रम प्रसाद शाक्य निर्वाचित भएको निर्वाचन समितिका अधिकृत गोविन्द वझाले बताए । लेखा समितिको संयोजकमा निरज शाक्य र सदस्यहरुमा सुनिल श्रेष्ठ र अनुज श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->