बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

केल्मी र पुमाको सोरुम पोखरामा

केल्मी र पुमाको सोरुम पोखरामा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

पोखरा/ खेलकुद क्षेत्रमा पछिल्लो समय अत्याधिक रुचाइएको अन्तर्राष्ट्रिय कम्पनी केल्मीसँगै पुमाको आधिकारिक सोरुम पोखरामा सुरु भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आधिकारिक बिक्रेताको रुपमा रहेका राज रम्तेलले अन्तर्राष्ट्रिय स्पोट्र्स ब्रान्ड केल्मी र पुमासहित अन्य ब्रान्ड पिटर इंग्ल्याण्ड र मेटर बोन्बीको सोरुम पोखरामा खुल्न लागेको हो ।

सोरुम सञ्चालनमा ल्याएका सञ्चालक रम्तेलले चार अन्तर्राष्ट्रिय ब्रान्डको ठूलो शोरुम नेपालकै पहिलो रहेको ठोकुवा गरे । उनले आफूहरुले नेपालमै पहिलो पटक यति ठूलो सोरुम खोलेको बताए । उनले कोरोनाको भयावह समयमा समेत सेवाग्राहीको मनोभावनालाई कदर गर्दै व्यवसायको सुरुआत गरेको जानकारी दिए ।

देशकै ठुलो शोरुम खोल्न पाउँदा थप उर्जा र हौसला मिलेको उनले बताए । ‘केल्मी स्पेनिस ब्रान्ड हो । विशेषगरी यो खेलकुदमा लोकप्रिय भएर आएको छ । लगाउँदा पनि निकै आनन्द आउने भएकाले यस्को माग नेपाली बजारमा बढिरहेको छ,’ उनले भने ।

रम्तेलले केल्मी ब्रान्डको व्यवसाय गण्डकी प्रदेशमा तीन वर्षअघि लमजुङबाट सुरु गरेको थिए । ‘पोखरामा सानो थियो । हामी नै आधिकारिक बिक्रेता भएकाले यसलाई व्यवस्थित रुपमा लैजाने सोचका साथ ठूलो ठाउँ लिएका छौ,’ उनले भने । केल्मीको मागको ठुलो हिस्सा पोखराले ओगटेको उनले सुनाए ।

उनले यसअघि पोखरामा सानो पसल रहेपनि काठमाडौंबाटै किन्नेको जमात धेरै रहेको बताए । केल्मीको योसहित देशभरमात्रै २४ आधिकारिक बिक्रेता छन् । उनका अनुसार उक्त सोरुम बाहेक अन्यले केल्मी, पुमा बेच्न पाउने छैनन् । ‘यो चार ब्रान्डको आधिकारिक विक्रेता भनेकै हामी यदि बाहिर कसैले बेचेको छ भने त्यो नक्कली हो,’ उनले थपे, ‘यी ब्रान्डले आधिकारिक बिक्रेतामार्फत नै व्यवसाय चलाउँछ । बाहिरबाट दिँदैन ।’ नेपालमा पुमाको जम्मा १३ सो रुमहरु छन् । यस्तै पिटर इंल्यान्डको ३० बढी सोरुम छन् । सोरुमको विधिवत् सञ्चालन भने आइतबारदेखिमात्रै हुने रम्तेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->