बागलुङ/ मातृभूमी बहुउद्धेश्यीय सहकारी संस्था बागलुङको १३ औं साधारणसभा बिहिबारदेखि बागलुङमा सुरु भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै धवलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्रा.डा राम प्रसाद उपाध्यायले उत्पादन, उपभोग र लगानीका अहिलेको आवश्यकता भएको बताए ।
देशको आार्थिक बिकासका लागि उत्पादन महत्वपूर्ण हुने भन्दै उपाध्यायले सहकारीहरुको उद्देश्य अनुसारको काम भएमा मात्रैत्यसको महत्व जागृत हुने बताए ।
बिहिबारबाट सुरु भएको साधारणसभा नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ । शेयर सदस्यहरुलाई भीड नहुने गरी समुहमा उपस्थित हुन आग्रह गर्दै सहकारीले तीन दिन साधारणसभा गर्न थालेको हो ।
बिहिबार उद्घाटन कार्यक्रममा सहकारीका सल्लाहकार भवनराज बराल, शेयर सदस्य कृष्ण राज पन्त, पत्रकार कोपिला कँडेल लगायतले बोलेका थिए ।
२ सय ५१ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी झण्डै तीनक करोड रहेको छ । बचत तथा ऋणको कारोवार गर्दै आएको सहकारी बिभिन्न बहुउद्देश्ीय परियोजना सञ्चालनको योजना बनाएको छ ।
सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, सचिव रामप्रसाद शर्माको सञ्चालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





