आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

तिहारको शुभकामना

तिहारको शुभकामना


  • दुर्गालाल तिवारी
  • कार्तिक १३ २०७८, शनिबार
हजारी सयपत्री मखमली फुल फुलेछन् आगनी डिल
पाकेर धान पहेलपुर प्रशन्न छ किसानको दिल ।
दिदी र बैनी सम्झदै छन् माईती दाजुभाइ
प्रदेशमा दाजु भाइ खाली छ निधार पर्छ पिर सबैलाई ।

कोहि भाइ आय मिलाई बिदा गुनिलो साहु परे
प्रदेशको मामला पाईन्न बिदा आशु चाहिँ नझारे ।
मखमली फुलको  उनेर माला चढाउनु यमराजलाइ
संकल्पगरी केही नहोस भनी यो मेरो भाईलाई।

लेखक
न खानु रक्सि नखेल्नु पासा खोर्खेर र तास
बिगार्छ मति हराउछ चेत लगाउछ उठिबास ।
घिउमा पकाई घरमै बनाई खानु है सेलरोटी

रमाईलो गर्नु ईष्ट र मित्र साथी भाइ सब भेटी।

अहिले आइन अर्को साल पक्कै भेटौला परिवार
खेलौला देउसी लगाउला टीका खाउला परिकार ।
रेकर्डमा हैन नाच गाएर गित बजाउला मादल
बजाउदै डम्फु मारुनी बनी लगाउला घाघर।

उज्यालो पर्व आयो है तिहार संरक्षण गरौ है
काडेर ऋण नगरौ भड्को आम्दानी हेरौ है ।
पहिले र अहिले एउटै छैन फेरीए जमना
नराम्रो त्यागौ राम्रोलाई मानौ तिहारको शुभकामना। तिहारको शुभकामना।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->