आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बिमल बिसीका चार मुक्तक

बिमल बिसीका चार मुक्तक


  • बिमल बिसी
  • कार्तिक १३ २०७८, शनिबार

१,
एक सुक्कोनी छैन हजार, कसरी दिनु,
नहुँदा आम्दानीको आधार, कसरी दिनु ?
बिहान खायो भने बेलुका के खाँउ हुन्छ,
दाईजोमा बाईक र कार, कसरी दिनु ?

२,
त्यो दिलवाट मलाई हटाईदिनु, सधैँको लागि,
चिनो औँठी, रूमाल जलाईदिनु, सधैँको लागि ।
निष्ठुरी कसैले मेरो बारेमा सोध्यो भने तिमीलाई,
मरिसक्यो भनेर उत्तर बताईदिनु, सधैँको लागि ।

३,
मस्तिष्कले अनेकौ कुराहरू सोच्न् नपरोस्,
कहिल्यै पिर ब्यथाको भारी बोक्न् नपरोस् ।
जीवनमा यस्तो साथीलाई आफ्नो बनाउनु छ,
जसलाई अंङ्गालेपछि कसैलाई रोज्न्न परोस् ।
४,
दुःख पीडामा सबैको मन रून्छ यसो सोच त,
काटे रगत सबैको रातो नै हुन्छ यसो सोच त ।
यहाँ जात भातका कुरागरी विभेद गर्नेहरू हो,
मान्छे भन्दा ठूलो जात कुनु छ, यसो सोच त ।

बागलुङ गलकोट, हाल दोहा कतार

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->