बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मातृभूमि अध्यक्षमा फेरि गुणराज

मातृभूमि अध्यक्षमा फेरि गुणराज


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७८, सोमबार

बागलुङ/ मातृभूमि बहुउद्देश्यीय सहकारी सञ्चालक समितिको अध्यक्षमा पुनः गुणराज पौडेल चयन भएका छन् । तीन दिन चलेको सहकारीको १३ औं साधारणसभाले आगामी कार्यकालका लागि पौडेललाई नेतृत्व सुम्पिएको हो ।
समितिको उपाध्यक्षमा केदारनाथ शर्मा, सचिवमा राम प्रसाद शर्मा, सहसचिवमा लालबहादुर केसी र कोषाध्यक्षमा हरिप्रसाद आचार्य चयन भएका छन् । सदस्यहरुमा रामचन्द्र शर्मा, ज्ञानु थापा, टीकाराम सापकोटा, माया पाण्डे, रञ्जुपन्त केसी र चिरञ्जीवी शर्मा चयन भएको निर्वाचन समितिका संयोजक रामप्रसाद उपाध्यायले बताए । लेखा समितिको संयोजकमा सुरेन्द्र आचार्य र सदस्यहरुमा होमनाथ ढकाल र धर्मराज आचार्य चयन भएका छन् । साधरणसभाले विभिन्न उपसमिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->