बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ओखर सय ग्राम कम !

ओखर सय ग्राम कम !


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७८, बुधबार

पोखरा/ हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक सामग्री किन्नेहरुको भिडभाड बढेको छ । चाडपर्वमा म्याद गुज्रेका तौल कम भएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भन्ने गुनासालाई सम्बोधन गर्न पोखरा महानगरपालिकाले मंगलबार बजार अनुमगन गरेको छ ।

तिहार लक्षित अनुगमनमा पोखराको तेर्सापट्टि, नालामुख क्षेत्रमा रहेका पसलहरुमा अनुगन गरिएको हो । महानगरका कार्यवाहक प्रमुखसहित अनुमगनमा पुगेको टोलीले तौल कम भएका, म्याद गुज्रेका, उत्पादन र समाप्त मिति उल्लेख नभएका तथा मूल्यसूची नलेखिएको फेला परेको पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।

‘तेर्सापट्टीस्थित महावीर खेलौना पसलमा म्याद गुज्रेका खाद्य सामग्री र मूल्यसुची नटाँसिएको पाइयो,’उनले भने, ‘म्याद गुज्रेका सामान तत्काल हटाउने र मूल्यसूची टाँन निर्देशन दिई महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।’
त्यस्तै पोखराको नालामुखमा रहेको न्यू पशुपति मिठार्ई पसलले एक सय ग्राम तौल कम गरी प्याकिङ गरेका ओखरका प्याकेट एककेजी पु¥याएर पूर्न प्याकिङ गर्न निर्देशन दिँदै महानगरमा सम्पर्क राख्न निर्देशन गरिएको सदस्यसचिव कार्कीले जानकारी दिए । चाडपर्वमा व्यवसायीले उपभोक्तालाई ठग्ने गरेको गुनासो आउने गरेपछि अनुमगन गरिएको महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले बताए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका शिवप्रसाद गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिव बराल, गुणस्तर तथा नाप तौल कार्यालयका रघु पौडेल, महानगर सहकारी तथा उद्योग वाणिज्य शाखाका अर्जुन न्यौपाने, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि मंगल नेपाली, महानगर कृषि महाशाखाका दामोदर अधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->