बागलुङ/सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले यहाँको एक परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ ।
सिटिजनमा बिमा गरेर मृत्यु भएका सुर्य बहादुर थापाका परिवारलाई मृत्यु दावी वापतको वीमा रकम हस्तान्तरण गरिएको हो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको घरमै पुगेर कम्पनीका प्रतिनिधिले ५ लाख ७२ हजार ५ सय रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् ।
थापाले गत बर्ष पाँच लाख रुपैयाँको वीमा गरेका थिए । कम्पनीले हकवाला श्रीमती चन्द्रकला थापालाई मंगलबार दावी रकम हस्तान्त्रण गरेको हो । बागलुङ नगरपालिका–१ का वडा सदस्य सुर्य लामिछाने उक्त रकमको चेक हस्तान्त्रण गरेका थिए ।





