बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७८, बिहिबार

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा चर्को विरोध भएको छ ।

मुल्य वृद्धिको विरुद्धमा पोखरामा अनेरास्वीयू, नेपाल कम्युनिष्ट पार्टी विपलब र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रुपमा विरोध गरेका हुन् ।

जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मुल्यवृद्धि गर्दै आएको भन्दै उनीहरुले नारावाजी समेत गरेका छन् ।

विहिवार खाना पकाउने ग्यासँ प्रति सिलिन्डर १५७५ रुपैँया पुगेको थियो । बुधबारसम्म १५ सय रहेको ग्यासमा ७५ रुपैँया वृद्धि गरिएको हो । यस्तै १३३ रहेको पेट्रोल १३६ रुपैँया प्रतिलिटर हुन पुगेको छ ।

डिजेल मट्टितेलमा भने ३ रुपैँयाका दरले बढेर ११९ रुपैँया पुगेको छ । पछिल्ला ७ महिनामा पेट्रोलियम पदार्थको मुल्य पटक पटक बढिरहेको छ भने खाना पकाउने ग्यासँ भने ५ महिनामा पटकपटक बढ्दै १४ सय रुपैँयाबाट १५७५ रुपैँया पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->