बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मछापुच्छे« बैंक नयाँबजार शाखा परिसरमा स्व. केसीको शालिक स्थापना

मछापुच्छे« बैंक नयाँबजार शाखा परिसरमा स्व. केसीको शालिक स्थापना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७८, शुक्रबार

व्यवसायी तथा समाजसेवी स्व. सूर्यबहादुर केसीको शालिक स्थापना गरिएको छ ।

शुक्रवार पोखरा महानगरपालिका ९ नयाबजारमा रहेको माछापुच्छ«े बैंकको परिसरमा उनको अर्धकदको शालिक अनावरण गरिएको छ ।

व्यवसायी धरानामा पोखराका अब्बल रहेका केसी माछापुच्छे« बैंकका संस्थापक समेत हुन् । उनको बार्षिकीको दिनपारेर बैंकको परिसरमा शालिक स्थापना गरिएको हो । शालिक उनका श्रीमती प्रेमकुमारी केसीले अनावरण गरेकी हुन् ।

तर, एक वर्ष अघिसम्म संगै रहेको श्रीमान्लाई एउटा निर्जिव वस्तुको रुपमा देख्दा उनको आँसु बरर्र्र झर्‍र्यो । कार्यक्रममा सहभागि भएकी प्रेमकुमारीले जब रातो कपडा हटाइन् तब आफ्नो श्रीमान्लाई अगाडी देखिन् ।

तर, विडम्बना त्यो त एउटा मुर्ति थियो । त्यहि मुर्तिमा पनि केसीको अनुहार हसिलो देखिएकै थियो । श्रीमतीको मन न हो कहाँ मान्थ्यो र ? पछ्यौरीले आँसु पुछ्दै शालिकमा माला अपर्ण गरिन् ।

शालिक हेरेर उनी केहि क्षण यसै टोलाइरहिन् । उनी त्यहाँबाट हिड्न मन गरिनन् केहि समय रुदै बसिन् । मनलाई थाम्नै सकिनन् । सबैको आखाँ रसायो । सबै भावविहल हुन पुगे ।

वि.सं. २०१४ जेठ १० गते जन्मिएका केसीको २०७७ कार्तिक १७ गते निधन भएको थियो । स्वनिर्मित व्यवसायीको रुपमा परिचित केसीले कलिलै उमेरमा व्यापार व्यवसाय र निमार्ण व्यवसायमा आफूलाई स्थापित गराएका थिए ।

केसीले पछिल्ला समय जलविद्युतमा लगानी गरिरहेका थिए । उनी व्यवसाय देखि राजनीति हुदैँ समाजमा समेत उत्तीकै चर्चित व्यक्ति थिए ।

उनले गण्डकी प्रदेशकै एकमात्र प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्डकपलाई सुरुवातदेखि नै साथ दिदैँ आएका थिए ।

खेलकुदमा समेत उत्तिकै रुचिभएका केसी सफल व्यवसायीमात्र नभई कुशल नेता समेत रहेको कृष्ण बहादुर थापाले बताए ।

उनले केसीको पहिचान शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत उत्तिकै रहेको बताए । केसीले नै नेपालमा मात्र नभई दक्षिण एशियामै पहिलो पटक तयारी चाउचाउका रुपमा रारा चाउचाउको उत्पादन गरेका थिए ।

केसी २०६५ सालमा संविधान सभा सदस्य भएका थिए । यस्तै २०७४ सालमा उनी प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट मनोनय भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->