बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीहरु विपन्नको साथी बनौं : अध्यक्ष गौतम

सहकारीहरु विपन्नको साथी बनौं : अध्यक्ष गौतम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७८, आइतबार

बागलुङ – प्रगति सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सकिएको छ । अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले सहकारीहरु उत्पादनमुखी बन्नुपर्ने बताए । साथै उनले सहकारीले हरेक शेयरसदस्यलाई धनी बन्ने आधार तयार गर्नुपर्ने भन्दै प्रगति सहकारीले गरेका क्रियाकलाप र सेयर सदस्यको हितमा भएका कामको प्रशंसा गरे ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीले कृषि क्षेत्रको विकासमा योगदान गरेमा रोजगारी बढ्ने बताए । पालिका तहको मातहतमा आएपछि सहकारीको अनुगमन सुक्ष्मरुपले हुने र त्यसबाट सहकारीकै हित हुने क्रम बढेको पनि बताए ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार)को अध्यक्षता, सचिव उदय चपाईंको सञ्चालन र उपाध्यक्ष तोयानाथ गौतमको स्वागतमा सम्पन्न साधारणसभामा सचिव उदय चपागाईंको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुलसीनाथ गौतमको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा पत्रकार हरिनारायण गौतम, सल्लाहकार डिल्लीराज गौतम सहकारीका पूर्व अध्यक्ष महादेव सापकोटा लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।

सहकारीले उत्कृष्ट कारोबार गर्ने पत्रकार हरिनारायण गौतमसहित उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।  कारोबार गर्ने र सहकारीको समृद्धिमा लागेका २३ जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो । सहकारीले शेयर पूँजी बढाएर लगानीका क्षेत्र पनि फराकिलो बनाउने निर्णय गरेको अध्यक्ष पौडेलले बताए ।
सहकारीका ९ सय ६३ शेयर सदस्यहरु रहेको र साधारणसभामा ६ सय ५२ जना शेयर सदस्यहरु सहभागी भएको सचिव चपाईले वताए ।

यस्तै, शनिबारै सुविधा सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । साधारणसभाले शेयर पूँजी बढाउनेदेखि आगामी वर्ष खुद मुनाफाको दरसमेत उच्च बनाउने निर्णय गरेको छ । सहकारीलाई आधुनिक सफ्टवेयर प्रणालीमा लैजाने, भुक्तानी सेवा चुस्त बनाउने लगायतको विषयमा सहकारी प्रतिवद्ध रहेको प्रबन्धक विवश गैरेले बताए ।

सहकारीका अध्यक्ष पुनमप्रसाद शर्माको अध्यक्षता, सचिव विकास ओझाको संचालनमा सम्पन्न साधारणसभाले सचिव बिकास वझाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष सन्तोष शर्माको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा लेखा सुपरीवेक्षक समितिका संयोजक कुमार शर्मा, सम्मानित शेयर सदस्य महेन्द्र शर्मा, युवराज बिक, कुमार विक्रम क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।

सहकारीले उत्कृष्ठ कर्मचारीको रुपमा प्रबन्धक गैरे र खिममाया सिउठानीलाई सम्मान गरेको थियो । बचततर्फ राधा केसी, छविलाल सापकोटा, गोविन्द पुन, टीकाराम विकसमेतलाई सम्मान गरेको थियो । सहभागीले सहकारीहरु विपन्नको साथी बन्न सक्नुपर्ने, रोजगारीका लागि पलायन हुने जनशक्तिलाई रोक्न सक्ने बन्नुपर्ने धारणा राखेका थिए ।

यस्तै,, शनिबारै युनियन बहुउद्धेश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मेघनाथ शर्मा गैरेको अध्यक्षता, सचिव अगम पालिखेको सञ्चालन र उपाध्यक्ष रविप्रसाद उपाध्यायको स्वागतमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष चन्द्रकान्त पौडेलको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->