बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीले उत्पादनमा जोड दिनुपर्दछ: अधिकारी

सहकारीले उत्पादनमा जोड दिनुपर्दछ: अधिकारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७८, सोमबार

पोखरा – सुनौलो बचत तथा ऋण सहकारीले १४ औं वार्षिक साधारणसभा गरेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीले उत्पादनमा जोड दिँदै सुनौलो कोशेली घर सञ्चालनजस्ता कार्यको लक्ष्य राखेको बताए ।
सहकारीलाई संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सहकारीको नियमन महत्वपूर्ण भएको बताउँदै उनले कोपोमिस सफ्टवयरमा संस्थाको सम्पूर्ण विवरण अध्यावधिक गरी सहकारी बिभागसँग सहकार्य गर्न सुझाव दिए । उनले भने, ‘संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन बृद्धि हुने क्षेत्रमा लगानी गर्नुपर्छ ।’
उक्त अवसरमा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी थापा, उत्कृष्ट सदस्यहरूमा तोकबहादुर गुरुङ र बालकुमार श्रेष्ठलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । साथै, सुनौलो शैक्षिक पुरस्कारअन्र्तगत आधारभूत तहमा विशेष सापकोटा र माध्यामिक तहमा अभिरुचि लम्साललाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
यसैबीच १४ औं साधारणसभाले सचिवको प्रतिबेदन, लेखा परीक्षकको प्रतिवेदन र कोषाध्यक्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्ताव पारित गरेको छ । संस्थामा एक हजार ४५२ शेयर सदस्य छन् । चार करोड ५७ लाख रुपैयाँ शेयर पुँजी रहेको छ ।
संस्थाको कुल वासलात २७ करोड १५ लाखको छ भने संस्थाले २० करोड ४२ लाख निक्षेप संकलन गरी १९ करोड ५५ लाख ऋण परिचालन गरेको छ । संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सोमबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->