बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थासाङको हिमपहिरोमा १५० याक र चौंरी बेपत्ता

थासाङको हिमपहिरोमा १५० याक र चौंरी बेपत्ता


  • आदित्य रसाईली
  • कार्तिक २९ २०७८, सोमबार

जोमसोम – मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् ।
हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाअध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए । ‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिंह माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ’ उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौंरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।’
हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->