बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपालगञ्जमा गार्डेन मार्टको १४ औं शाखा सञ्चालनमा

नेपालगञ्जमा गार्डेन मार्टको १४ औं शाखा सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरा – आफ्ना सदस्यहरुलाई सर्वसुलभ रुपमा उपभोग्यवस्तु पुराउने उदेश्यसहित ‘गार्डेन मार्ट’ को १४ औं शाखा नेपालगञ्जमा सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउने गरी यो मार्ट सञ्चालनमा ल्याएको हो ।

शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए । अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताए ।

‘मोफसलका ग्राहकलाई समेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हौँ, अध्यक्ष शर्माले भने(हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’

मार्टमा विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिशेष छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->