आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कवि रामनाथ ‘संगी’ लाई पोखरामा अभिनन्दन

कवि रामनाथ ‘संगी’ लाई पोखरामा अभिनन्दन


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार

पोखरा – कवि रामनाथ अधिकारी ‘संगी’ लाई पोखरामा अभिनन्दन गरिएको छ । महाकवि रामनाथ अधिकारी संगी नागरिक अभिनन्दन मूल समारोह समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि संगीलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रममा महाकवि रामनाथ अधिकारी संगी अभिनन्दनग्रन्थ पनि लोकार्पण गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, गण्डकी प्रज्ञा प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्यराज ढकाल, समारोह समितिका अध्यक्ष प्रा.डा. बलराम उपाध्याय रेग्मीले कवि संगीलाई अभिनन्दन एवं अभिनन्दनग्रन्थको लोकार्पण गरेका हुन् ।
यस्तै, श्रीपति कोइराला गुठी गीजञ्जली साहित्य परिवार, माधव वियोगी वाङमय प्रतिष्ठान। विश्व हिन्दू महासंघ, राष्ट्रिय धर्मसभा नेपाल लगायतले संस्थागत रुपमा कवि संगीलाई अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->