बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लेक लागेर भारतीय पर्यटकको मृत्यु

लेक लागेर भारतीय पर्यटकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७८, शुक्रबार

जोमसोम – हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा आन्द्र प्रदेश अमलापुर भारत घर भइ मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी ६० वर्षीय बाईकृष्ण बेणी नामकी महिलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

पोखरा-जोमसोम हवाइ सेवामार्फत बिहीबार तारा एअरको जहाज चढेर मुक्तिनाथ दर्शन गर्न १४ जना भारतीय पर्यटकको टोली मुस्ताङ आएको थियो। जोमसोमबाट जीप चढेर मुक्तिनाथ दर्शनका लागि गएको टोली र्फर्किने क्रममा साँझ ४ बजे मृतक भारतीय महिला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ को जीप पार्कमा अचानक बेहोस भइ ढलेकी थिइन्।

उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याइएकोमा साँझ ५ बजे अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिए। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ।

हिउँदयामसँगै मुस्ताङमा अत्यधिक चिसो बढेको छ। गर्मी क्षेत्रका पर्यटकले मुक्तिक्षेत्रको कुण्ड र धारामा स्नान गर्दा चिसोले निमोनिया र लेंक लाग्ने सम्भावना हुन्छ। प्रहरीले मृतक भारतीय पर्यटक महिलाको पनि लेक लागेर मृत्यु भएको हुने सक्ने प्रारम्भिक अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->