बागलुङ/ नवरत्न बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा देबबहादुुर खड्का चयन भएका छन् । सहकारीको ११ औं साधारणसभाले खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ संचालक समित चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिबहादुर कार्की, सचिव तेजबहादुर खत्री, कोषाध्यक्ष प्रेमबहादुर क्षेत्री र सहसचिवमा संगिता क्षेत्री रहेका छन् । समितिका सदस्यहरुमा हरिबहादुर खड्का, प्रकाश प्रसाद शर्मा, कबिराज जिसी, राजन कार्की, अगनबहादुर खड्का, भुमिकला थापा, हरि प्रसाद सापकोटा, सपना जिसी खड्का छन् ।
त्यसैगरी हेमराज गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिका सदस्यहरुमा तुलसी खड्का र मिनादेवी क्षेत्री छन् ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीले शेयर सदस्य लाई उत्पादनमुखी र व्याव्सायीमुखी बनाउनुपर्ने बताए । बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जितबहादुर क्षेत्री, सहकारीका सल्लाहकार बलबहादुर खड्का, रामबहादुर खड्का र तेजबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





