पोखरा/ पोखरा महानगरपालिका २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशील कृषि सहकारीको चौंथो साधारण सभा शनिबार भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले विश्वमै सहकारीले सीमान्तकृत जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ सुरुआत भएको बताउँदैसहकारीहरु उत्पादनमुखी हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, शीतल बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वरी लम्साल, छिनेडाँडा कृषि सहकारीका अध्यक्ष ओमनाथ सुवेदी, संस्थापक अध्यक्ष कमल बहादुर रेग्मी लगायतले सहकारीले नामजस्तै कृषिको क्षेत्रमा प्रगतिशील रूपमा काम गर्दै आएको बताए ।
सभाले सहकारीका अध्यक्ष मीनबहादुर बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपेन्द्रराज पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक निलबहादुर केसीले लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा आर्थिक कारोबार नियमित गर्ने काली गिरी, विद्यार्थीहरु अस्मिता पोखरेल र अनुभव बास्तोला, उत्कृष्ट कारोबारकर्ता नन्दकली पौडेल, पशुपालन ब्यबसाय सीता पौडेल, सहकारीवाट ऋण लिई कृषि व्यवसायबाट राम्रो आय गरेकी इन्दिरा थापा बास्तोला लगायतलाई पुरस्कृत गरिएको थियोे ।संस्थाका अध्यक्ष मिनबहादुर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव तिलबहादुर आचार्यले र सञ्चालन सचिव प्रेमराज पौडेलले गरेका थिए ।





