बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दर्शनसहकारीको साधारणसभा

दर्शनसहकारीको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७८, आइतबार

पोखरा/ पोखराको छोरेपाटनमा रहेको दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सकेको छ । साधारण सभामा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सेयरपुँजी र जगेडाकोष बढाउनु पर्ने जोड दिए ।
बरालले सेयर सदस्यहरुले अन्यत्र बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्ने सुझाए । ‘अब हरेक सहकारीले कहाँ पुग्ने र कहिले पुग्ने भन्ने निश्चित गर्न आवश्यक छ । नयाँ ऐन अनुसार विनिमय संसोधन गरेर अगाडि बढ्न जरुरी छ,’ उनले भने ।

ठकरी महासंघका कार्यवाहक अध्यक्ष तथा दर्शन सहकारी तथा ऋण सहकारीका सस्ंथापक अध्यक्ष खिमबहादुर शाही ठकुरीले छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना भएको बताए । उनले भने,‘ठकुरीहरु पनि अगाडि बढ्नुपर्ने र त्यसका लागी सहकारीहरुले सहयोग पु¥याउने छ ।’

उक्त साधारण सभामा सहकारीका जेष्ठ शेयर सदस्यहरु शेभित बहादुर मल्ल, फम बहादुर शाही र लोक बहादुर मल्ललाई र असल बचतकर्ता शोभा कुमारी मल्ल, असल कारोबारी कारोबारी पदम बहादुर सिंह, असल सहकारी अभियन्ता शर्मिला शाही र सहकारीका असल कर्मचारी रुपा थापा मल्ललाई पनि सम्मान गरिएको थियो ।
साधारणसभाले अध्यक्ष विष्णु कुमारी उच्चैले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, लेखा समितिका संयोजक पद्मा मल्ल शाहीले पेस गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ । सहकारीमा २ सय ३४ जना सेयर सदस्य छन् ।

उक्त साधारणसभामा नेपाल ठकुरी संगम परिवार कास्कीको अध्यक्ष शेरबहादुर उच्चै, नेपाल ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल, सहकारीका सल्लाहकार खड्ग बहादुर शाही लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->