बागलुङ/ टेलिभिजन कार्यक्रम ‘सारेगमप लिल च्याम्स्’को उत्कृष्ट दश जनामा परेका पर्वतका १३ बर्षिय बालक अरुण सुनारलाई जिताउन अभियान सुरु भएको छ । पर्वको कुश्मा जन्मिएका सुनुवारले उत्कृष्ट प्रस्तुती दिएको भन्दै परिवार र सामाजिक व्यक्तिहरुले भोटका लागि अभियान सुरु गरेका हुन् ।
उत्कृष्ट दशबाट प्रतिस्पर्धा गर्दा निर्णयक र प्रतिभाले मात्रै नपुग्ने भएकाले भोटका लागि जिताउ अभियान सुरु गर्नुपरेको अरुण सुनुवार जिताउ अभियानका संयोजक सुरज बरालले जानकारी दिए । ‘उ सानैदेखि जिज्ञाँसु र संगीत मन पार्ने गर्दथ्र्यो’ अरुणकी सानीमा पुजा बिकले भनिन् ‘साना ठुला कैयौं प्रतियोगिता र प्रस्तुतीहरु गरेको छ तर अहिले भोट चाहिने प्रस्तुती भएकाले हामि अभियानमा छौं ।’
मध्यम परिवारका सुनुवारलाई परिवारले मात्रै सहयोग गर्दा दशभन्दा माथीका चरणमा प्रबेश गर्न कठिन हुने भएकाले सबैसँग सहयोग माग्न अभियान सञ्चालन गरेको अभियान्त लक्ष्मण बिस्वकर्माले बताए । ग्यालेक्सि फोर के टेलिभिजनबाट प्रसारण हुने ¥यालिटी सोमा गण्डकी प्रदेशबाट उत्कृष्ट दशमा पर्ने उनी एक्ला बालक हुन् ।
अरुण जिताउ अभियान समिति तयार गरेर उनीहरुले बिभिन्न समुह, बिद्यालय तथा सहयोगीहरुकोमा घर दैलो गरिरहेका छन् । आईतबार बागलुङमा पत्रकार सम्मेलन गरी उनीहरुले सहयोगका लागि सबैसँग अपिल गरे । मोवाईल र एप्लिकेशन मार्फत अरुणलाई भोट गर्न सकिने उनीहरुले बताए ।





