आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोक भजनमा ‘कोरोना, पर्यटन र भुकम्पको सम्झना’

लोक भजनमा ‘कोरोना, पर्यटन र भुकम्पको सम्झना’


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार

बागलुङ/‘पर्वतको कालाञ्जर, मुस्ताङमा मुक्तिनाथ, बागलुङकी भगवती बलेवाका भैरव, सबै घुम्न जाउँ पुण्य भूमी तिरुपती बालाजीधाम सबै घुम्न जाउँ ।’
बागलुङमा जारी प्रथम राष्ट्रि भजन महोत्सवमा आईतबार बागलुङको बलेवा भजन समुहले प्रस्तुत गरेको लोक भजनको अन्तरा हो यो । साविकको धौलागिरी क्षेत्रका प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रहरुको लोक भजनको भाकामा चर्चा गर्दै समुहले गीत र नृत्य प्रस्तुत ग¥यो ।

प्राय हिन्दुधर्मका ग्रन्थहरुमा आधारीत रहेर गाईने भजन गीतमा उनीहरुले बिषयबस्तुमा भने फरक स्वाद पस्किए । धार्मिक पर्यटकीय क्षेत्रको परिचय र महत्वका बिषयमा तयार भएको १५ मीनेट लामो लोक भजन प्रस्तुत भैरहँदा उपस्थित दर्शकले ताली बजाईरहेका थिए । धर्मको दृष्टिले महत्वपूर्ण मानिएका धामहरुलाई भजन समुहले पर्यटकीय क्षेत्रको रुपमा प्रस्तुत गरे । साना ठुला सबै धामको चर्चा एकै टुक्का र एकै अन्तरामा सकिनेगरी उनीहरुले गीत तयार पारेका थिए । नत कलाकार र उनीहरुका संयोजकले धेरै बोलेर चर्चा गरे मात्रै भजन गीतको माध्यामबाटनै उनीहरुले प्रचार गरे । ‘संस्कार जोगाउने र पसिस्थितीको चित्रण गर्ने काम दुवै गरेका छौं’ समुहका सदस्य खगेश्वर घिमिरेले भने ।
महोत्सवमा सहभागी भएका अधिकांश समुहले पर्यटन, परिस्थिती र धर्म तथा संकृतिका भजन गीत प्रस्तुत गरिरहेका छन् । कोरोना महामारीका कारण सिर्जना भएको परिस्थिती, २०७२ सालको महाभूकम्पलाई समेत भजन गीतमा समाबेश गरिएको छ । कतै अन्तरा त कतै थेगोमा मानव जीवनका दिन दैनिकीको बिषयमा भजनेहरुले भजन भट्याईरहेका छन् ।

गोरखादेखि बागलुङमा आयोजना गरिएको भजन महोत्सवमा प्रस्तुतीका लागि आएको भजन समुहले २०७२ सालको महाभूकम्पलाई भजनका अन्तराहरुमा समावेश ग¥यो । भूकम्प पछिको त्रसादी र त्यसबाट सिर्जना भएको क्षतिको बिषय पनि भजनमा समावेश थियो । समुहले गोरखा सबैभन्दा धेरै भूकम्पबाट प्रभावित भएको बिषय पनि गीत मार्फतनै प्रस्तुत ग¥यो । समसामयीक बिषयमा बनेका कतिपय भजनका अन्तरामा दर्शकको तालि भजन समुहले पाए । ‘बुढो हुँदै गैयो, घर न घाटको भैयो यही लाउँछ पिरलो’ समाजको वास्तविकता समेटिएको यो अन्तरा प्रस्तुत गरेको गोरखा भजन समुहले सबैभन्दा धेरै तालि पायो ।

दर्शक दिर्घामा रहेका अधिकांश जेष्ठ नागरिकले अन्तरा सुनेपछि तालि पिटे । धर्मसंकृति, संस्कार र परम्परासँगै भजनमा समाजको वास्तविकता जोडिएको पाईन्थ्यो । महोत्सवमा पर्वतबाट सहभागि भएको बिष्णु मन्दिर भजन समुहले कोरोना महामारी र सिर्जित परिस्थितीको प्रतिविम्ब भजन मार्फत प्रस्तुत गरे । नयाँ भेरियन्ट आउँछ भनेर चलेको हल्ला र पहिलेका लहरहरुले ज्यान गुमाएका नेपालीलाई उनीहरुले सम्झे । कोरोना महामारीकै कारण भएको बन्दाबन्दी र त्यसबाट सिर्जना भएको आर्थिक संकटले मानव जीवनमा पारेको असरका बिषयमा भजन गीतका अन्तराहरु तयार पारिएका थिए ।

तिरुपती बलाजी धाम, शालग्राम संग्रहालय बागलुङले आयोजना गरेको भजन महोत्सवमा ४० भन्दा धेरै समुहले सहभागिता जनाउँदै छन् । आइतवार मात्रै १३ वटा समूहले भजन गाएको महात्सव आयोजक समितिका संयोजक राजु खड्काले बताए । शालग्राम संग्रहालयको प्रचार प्रचार र लोक भजनको संरक्षणका लागि आयोजना गरिएको महोत्सव मंसिर २४ बाट सुरुभएर २८ गतेसम्म चल्ने छ । आइतवारको महोत्सवमा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले धार्मिक पर्यटकीय गन्तव्य बनाउन साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->