बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आदर्श सञ्चारको ‘पाहुनालाई ढिडो’ अभियान

आदर्श सञ्चारको ‘पाहुनालाई ढिडो’ अभियान


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७८, बुधबार

बागलुङ/ आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आदर्श सञ्चार सहकारी संस्था बागलुङले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ । सहकारीले चालु आर्थिक वर्षका लागि पाहुनालाई ढिडो अभियान अन्र्तगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

संस्थाको हालै सम्पन्न वार्षिक साधारणसभाले बागलुङमा सञ्चालित घरबास कार्यक्रम ९होम–स्टे० हरुसंग समन्वय गरी स्थानीय खानाको प्रवद्र्धनका लागि पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न निर्णय गरेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले जानकारी दिइन् ।

दुर्गम ठाउँमा पनि खाजा, खानाका रुपमा आयातित खाद्यान्न, प्याकिङ र जंकफुडको प्रयोग बढ्दै गएको र त्यस्ता खानाले मानिसको स्वास्थ्यसंगै आर्थिक अवस्थामा समेत असर पार्ने भएकाले यसलाई न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न लागिएको जिसीको भनाई छ ।

बागलुङमा २८ वटा होमस्टे सञ्चालनमा छन् । गाउँघरमा उत्पादन हुने खाद्यान्न, तरकारी, फलफूललाई व्यवस्थित रुपमा संकलन, भण्डारण, बिक्रीवितरणको व्यवस्था मिलाउनका लागि स्थानीय तह र सहकारीलगायत उपभोक्ता समुहहरुलाई क्रियाशिल बनाउन संस्थाको यो अभियान प्रभावकारी हुने जिसीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->