बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एनसीसी बैंक बागलुङले मनायो २५ औं बार्षिकोत्सव

एनसीसी बैंक बागलुङले मनायो २५ औं बार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७८, बुधबार

बागलुङ/ एनसीसी बैंक बागलुङ शाखाले मंगलबार आफ्नो २५ औं बार्षिकोत्सव मनाएको छ । बागलुङ बजारमा एक समारोहको आयोजना गर्दै बैंकले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै बक्ताहरुले बैंकीङ कारोवारमा सहजताका लागि गाउँ गाउँमा बैंकीङ साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा ‘एनसीसी सिल्भर सेभिङ्ग खाता’ ‘एनसीसी सुगम सिल्भर मुद्घती खाता’, ‘एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्घती खाता’ जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र १ सय १४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->