बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन प्रवद्र्धन गर्न ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’

पर्यटन प्रवद्र्धन गर्न ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

पोखरा/ सेलाउँदो पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित पोखरा २३ मा ‘चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा २३ मा पर्यटन भित्राउने लक्ष्यसहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक भिम पराजुलीले बताए ।

संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुना टपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको जानकारी दिए । महोत्सवमा बाल नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ ।

महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समूहले प्रमाणपत्र तथा मेडलसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहले मेडल तथा प्रमाणपत्रसहित क्रमश २० हजार, १० हजार र ५ हजार रुपैयाँ हात पार्नेछ ।

संयोजक पराजुलीले बाल नृत्यतर्फ विजेताले मेडल तथा प्रमाणपत्रसहित ३ हजार प्राप्त गर्ने जानकारी दिए । पराजुलीका अनुसार द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले मेडल तथा प्रमाणपत्र सहित क्रमश २ हजार, १ हजार र ५ सय प्राप्त गर्नेछन् ।

महोत्सवमा विभिन्न प्रतियोगितासँगै सांस्कृतिक विशेष आकर्षणसमेत समावेश गरिएको पराजुलीले बताए । ‘हामीले प्रतियोगिता मात्रै नभएर लोक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विभिन्न ख्याती प्राप्त कलाकारहरुलाई पनि निम्ताएका छौं,’ उनले भने, ‘योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->