बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टानको पदयात्रा मार्ग प्रवद्र्धन

टानको पदयात्रा मार्ग प्रवद्र्धन


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७८, मंगलबार

पोखरा/ टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ र १९ मा पर्ने घार्मी, कुरेचौर—ढिकीडाँडा भुप्राङकोट पदयात्रा मार्गको प्रवद्र्धन गर्न एक दिने हाइकिङ गरेको हो ।

‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवद्र्धन र संरक्षण गरौं’ भन्ने नाराका साथ शनिबार हाइकिङ गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दीर्घकालीन दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिकमा रहेर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधिहरु, पोखराका पर्यटकीय संघ संस्थाका प्रतिनिधिहरु, मजदुर संगठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक गोपालकृष्ण संग्रौलाले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ को समन्वयमा भएको टान सचिव मिलन तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->