बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपालमा प्रतिदिन २ अर्व बढी व्यापार घाटा

नेपालमा प्रतिदिन २ अर्व बढी व्यापार घाटा


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७८, बिहिबार

काठमाडौं/नेपालको व्यापार घाटावृद्धि हुँदै गइरहेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड भएको छ । यसलाई दैनिक रुपमा हेर्दा २ अर्वभन्दा धेरै हुन्छ । यो तथ्यांक अनुसार प्रतिदिन २ अर्वभन्दा बढी व्यापार घाटा हुने गरेको छ ।
नेपालमा सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ । भारतसँग मात्रै ५ महिनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । नेपालले भारतलाई ८४ अर्बको बस्तु निर्यात गर्दा ५ खर्बको बस्तु आयात गरेको छ । गत आवको तुलनामा यस आवको ५ महिनामा ५४.७० प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड थियो । आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनामा व्यापार ९ खर्ब ४१ अर्ब ३२ करोडभन्दा धेरै भएको छ । चालु आवमा नेपालले १ खर्ब २ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात गर्दा विभिन्न देशबाट ८ खर्ब २८ अर्ब ४० करोडको वस्तु आयात छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->