बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मिर्मिरे सहकारीको १५ औं साधारणसभा

मिर्मिरे सहकारीको १५ औं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार

बागलुङ/ मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको १५ औं साधारण सभा शनिबार गौंडाकोटमा भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता पियारी थापाले सहकारीको मर्मअनुसारको काम गरेकोमा प्रशंसा गरिन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभा सदस्य नरबहादुर थापाले किसानको सम्मान हुने खालका कार्यक्रम राज्यले ल्याउनुपर्नेमा जोड दिए । किसानका समस्या समाधान गर्ने र प्रोत्साहन गर्ने कार्यमा राज्यका निकायहरु साथमा रहनुपर्ने उनको जोड थियो ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषि ज्ञान केन्द्र मेहनत गर्ने किसानको साथमा रहेको बताए । सहकारीले आर्थिक बर्ष २०७७÷०७८ मा ४ करोड ८५ लाख १६ हजार ३ सय ८ रुपैयाँको कारोवार गरेको छ ।
बिभिन्न शिर्षकमा लगानी गरेको सहकारीले १० लाख २५ हजार १ सय ९ रुपैयाँ मुनाफा गरेको कोषध्यक्ष थानेश्वर सुवेदीले बताए । सहकारीका अध्यक्ष गंग बहादुर थापाको अध्यक्षता, सचिव नारायण शर्माको स्वागत र कोषाध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->